Top Header Ad 1

गण्डकी प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन, २४ सदस्यसहित प्राज्ञ सभा पूर्ण

गण्डकी प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन, २४ सदस्यसहित प्राज्ञ सभा पूर्ण

परिबर्तन न्युज
२३ असार २०८३ बजे
परिबर्तन न्युज
२३ असार २०८३

असार २३, पोखरा

गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व चयन गर्दै प्राज्ञ सभालाई पूर्णता दिएको छ। प्रदेश सरकारको निर्णय अनुसार लोकसाहित्यका अध्येता प्रा. डा. कुसुमकुमार (कुसुमाकर) न्यौपाने प्रतिष्ठानको कुलपतिमा नियुक्त हुनुभएको छ।

त्यसैगरी, शंकर विरही गुरुङ उपकुलपति तथा मनकुमार श्रेष्ठ सदस्य–सचिवमा नियुक्त हुनुभएको छ। दुवै जना प्राज्ञ सभा सदस्यका रूपमा मनोनयन गरिएका व्यक्तित्वहरूमध्येबाट चयन भएको हो।

गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ को व्यवस्था तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश सरकारले पदाधिकारी तथा सदस्यहरूको नियुक्ति गरेको हो। ऐनको दफा ७ र ८ बमोजिम नियुक्त पदाधिकारी र सदस्यहरूको कार्यकाल चार वर्षको रहनेछ।

प्रदेश सरकारले साहित्य, भाषा, संस्कृति, लोकसाहित्य, संगीत, चित्रकला, मूर्तिकला, चलचित्र, अभिनय, लोकसंस्कृति तथा लोकदोहोरीलगायत विभिन्न सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याएका २४ जना व्यक्तित्वलाई प्राज्ञ सभा सदस्यमा मनोनयन गरेको छ।

मनोनित सदस्यहरूमा अनुराग अधिकारी, इन्द्रमान खत्री, ईश्वरी प्रसाद भुषाल, प्रा.डा. ईश्वरचन्द्र वाङ्ले, कमलप्रसाद पौडेल ‘अथक’, कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलन्द्र पौडेल, टुकादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाजी गुरुङ, भूपेन्द्र बानियाँ, रामभक्त जोजिजु , राजीवप्रसाद पौडेल, बसन्त अधिकारी, डा. बिन्दु मुडभरी, शान्ता बराल, शान्ति भुषाल, सञ्जु महतो थनेत तथा हरिमाया श्रेष्ठ रहेका छन्।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले गण्डकी प्रदेशको भाषा, साहित्य, कला, संस्कृति र लोकपरम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै