Top Header Ad 1

गणेश नेपालीपछि फेरि अर्को आत्मदाहको घटना बुद्धनगरका अश्विन राउतको उपचारकै क्रममा मृत्यु

गणेश नेपालीपछि फेरि अर्को आत्मदाहको घटना बुद्धनगरका अश्विन राउतको उपचारकै क्रममा मृत्यु

परिबर्तन न्युज
२७ असार २०८३ बजे
परिबर्तन न्युज
२७ असार २०८३

साउन २६ , काठमाडौँ

राजधानीमा आत्मदाहका घटनाले लगातार चिन्ता बढाइरहेका बेला शनिबार बिहान काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।

मुगुका गणेश नेपालीले सरकारी निकायप्रतिको असन्तुष्टि जनाउँदै आत्मदाह गरेपछि देशभर त्यस घटनाको चर्चा सेलाउन नपाउँदै राजधानीमै अर्को आत्मदाहको घटना सार्वजनिक भएको हो। यद्यपि दुई घटनाबीच कुनै सम्बन्ध रहेको वा नरहेको विषयमा हालसम्म केही खुलेको छैन।

प्रहरीका अनुसार राउत आफ्नै घरको भान्सा कोठामा जलेको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चिकित्सकहरूका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। बुद्धनगरमा श्रीमती र छोरासँग बस्दै आएका उनले किन यस्तो कदम उठाए भन्नेबारे अहिलेसम्म कुनै ठोस कारण खुलेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। पछिल्लो समय आत्मदाहजस्ता चरम घटनाहरू दोहोरिन थालेपछि मानसिक स्वास्थ्य, पारिवारिक अवस्था तथा सामाजिक दबाबका विषयमा गम्भीर बहस आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज