Top Header Ad 1

अवैध प्राकृतिक दोहनमा संलग्न १ स्काभेटर र ३ टिपर नियन्त्रणमा, रु. ७५ हजार जरिवाना

अवैध प्राकृतिक दोहनमा संलग्न १ स्काभेटर र ३ टिपर नियन्त्रणमा, रु. ७५ हजार जरिवाना

परिबर्तन न्युज
८ श्रावण २०८३ बजे
परिबर्तन न्युज
८ श्रावण २०८३

साउन ८ , पोखरा

कास्की प्रहरीले पोखरा महानगरपालिका–२६, बिजयपुर क्षेत्रमा अवैध रूपमा प्राकृतिक दोहन (माटो उत्खनन) गरिरहेको अवस्थामा १ वटा स्काभेटर र ३ वटा टिपर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार दिउँसो करिब १:३० बजे अवैध रूपमा माटो उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यस क्रममा माटो लोड गर्दै गरेको अवस्थामा १ वटा जेसीबी (स्काभेटर) र ३ वटा टिपरलाई नियन्त्रणमा लिइएको हो।

Advertisement:Ad

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। महानगरपालिकाले ती सवारीसाधनमाथि रु. ७५ हजार जरिवाना गरी छाडिएको जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा परेका सवारीसाधनहरूमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिपर, बा १ क ८१३७ नम्बरको टिपर र लु १ ख २१२० नम्बरको टिपर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले प्राकृतिक स्रोतको अवैध दोहन तथा उत्खननविरुद्ध निगरानी र कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज