Top Header Ad 1

स्काउट गठन सँगै विद्यार्थीमा नयाँ उत्साह, विन्ध्येश्वरी मा वि मा ड्रेस वितरण गर्दै जीवन ज्योति शान्ति सहारा केन्द्र

स्काउट गठन सँगै विद्यार्थीमा नयाँ उत्साह, विन्ध्येश्वरी मा वि मा ड्रेस वितरण गर्दै जीवन ज्योति शान्ति सहारा केन्द्र

परिबर्तन न्युज
२० श्रावण २०८३ बजे
परिबर्तन न्युज
२० श्रावण २०८३

साउन २०, पोखरा

पोखरा महानगरपालिका–१९ तल्लाकोटस्थित श्री विन्ध्येश्वरी माध्यमिक विद्यालयमा नवगठित स्काउट समूहका विद्यार्थीहरूलाई पोशाक (ड्रेस) वितरण गरिएको छ। जीवन ज्योति शान्ति सहारा केन्द्रको सहयोगमा आयोजित उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो।

कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जीवन ज्योति शान्ति सहारा केन्द्रका प्रमुख अन्जान तामाङ, उपप्रमुख लक्ष्मी तामाङ, संस्थाका सदस्य तथा सल्लाहकारहरूको समेत उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयमा स्काउट गठन भएपछि विद्यार्थीहरूमा नयाँ उत्साह थपिएको उल्लेख गर्दै आगामी दिनमा अनुशासन, नेतृत्व विकास, सामाजिक सेवा तथा रचनात्मक गतिविधिमा स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा जीवन ज्योति शान्ति सहारा केन्द्रका प्रमुख अन्जान तामाङले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा स्काउट अभियान प्रभावकारी माध्यम बन्ने बताए। त्यस अवसरमा स्काउट विद्यार्थी साजन नेपालीले स्काउटका आदर्श र मूल्यलाई आत्मसात गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक श्रीराम आचार्यले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन स्काउट शिक्षक शिवप्रसाद पौडेलले गरेका थिए।

विद्यालय परिवारले स्काउट पोशाक वितरणका लागि सहयोग पुर्‍याएको जीवन ज्योति शान्ति सहारा केन्द्रप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि यस्ता रचनात्मक, शैक्षिक तथा सिर्जनात्मक सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै