Top Header Ad 1

पत्रकार किशोर श्रेष्ठ पक्राउ, गोपनीयता सम्बन्धी उजुरीमा अनुसन्धान सुरु

पत्रकार किशोर श्रेष्ठ पक्राउ, गोपनीयता सम्बन्धी उजुरीमा अनुसन्धान सुरु

परिबर्तन न्युज
२८ श्रावण २०८३ बजे
परिबर्तन न्युज
२८ श्रावण २०८३

साउन २८ , काठमाडौं

पत्रकार तथा जनआस्था साप्ताहिक र जनआस्था डटकमका प्रकाशक–सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ललितपुरस्थित निवास नजिकबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ। अदालतबाट पक्राउ पुर्जी लिएर प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार व्यक्तिगत गोपनीयतासम्बन्धी उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। पक्राउपछि श्रेष्ठमाथि सम्बन्धित कानुनी प्रावधानअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रेष्ठ नेपाली पत्रकारिता क्षेत्रका परिचित व्यक्तित्व हुन्। उनी जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रकाशक–सम्पादक हुनुका साथै प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत रहिसकेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउसँग सम्बन्धित विस्तृत विवरण र आरोपबारे थप जानकारी आउन बाँकी रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै