असोज १६, पोखरा
कास्की प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत पोखरा महानगरपालिका–२६, मुरलीचोकबाट ६.५० ग्राम ब्राउनसुगर (हेरोइन) जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ करिब ५ः३० बजे उक्त कारबाही गरेको हो।
प्रहरीले पोखरा–२६ मुरलीचोक निवासी ३० वर्षीय सरोज बनजरा को कोठामा खानतलासी गर्दा डिजिटल तराजुबाट तौल गर्दा (प्लास्टिकबाहेक) ६.५० ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। बरामद पदार्थ दुई भागमा विभाजन गरिएको अवस्थामा फेला परेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ परेका बनजरामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अनुसन्धानका लागि सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कास्की प्रहरीले लागूऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रणलाई प्राथमिकतामा राख्दै विशेष निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।







प्रतिक्रिया