प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ हुन्छ : माधव नेपाल निर्दोष हुनुहुन्छ

प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ हुन्छ : माधव नेपाल निर्दोष हुनुहुन्छ

परिबर्तन न्युज
१५ भाद्र २०८० बजे
परिबर्तन न्युज
१५ भाद्र २०८०

भदौ १५ , पोखरा

आज समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गर्नु भयको छ ।

Advertisement:Ad

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको ले अब पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि कसैलेपनि प्रश्न उठाउने ठाउँ नरहेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो।जसले गर्दा आफ्नो पनि टेन्सन हटेको बताउनु भयो ।

दोषी छ भने जोसुकै होस्, चाहे माओवादी होस्, चाहे कांग्रेस होस, चाहे एमाले होस् चाहे समाजवादी नै किन नहोस कोही नछुटुन्- कोही नफसुनभन्नुभयो । प्रधानमन्त्री प्रचण्डले यो भ्रष्टाचार विरुद्धको यो अभियानमा हिड्दै गर्दा बाटोमा मा आफै देखिए भनेपनि नछोड्नुस् भनेको कुरा उहाले दोहोर्‍याएर भन्नुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज