पौष २२, काठमाडौँ
माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त १९ पदको निर्वाचनका भोलि पौष २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदै । सम्पूर्ण तयारी र कार्यजिम्मेवारी पूरा गरिएको निर्वाचन आयोग का प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
सातवटै प्रदेशको प्रमुख शहरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने उमेदवारी मनोनयन दर्ता कार्यक्रम बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म हुने बताइएको छ ।
माघ ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था भए अनुसार प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाताले मतदानमा भाग लिनुहुँनेछ ।
निर्वाचन आयोग का अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ को जम्मा मतभार २९हजार ९७ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मतभार १९ को मत भार २८ हजार ४ सय ६२ हुने जनाएको छ ।







प्रतिक्रिया