कम्युनिष्ट सरकार मा गरिबले बाच्न पाउदैनन ?

कम्युनिष्ट सरकार मा गरिबले बाच्न पाउदैनन ?

परिबर्तन न्युज
७ जेष्ठ २०७८ बजे
परिबर्तन न्युज
७ जेष्ठ २०७८

पोखरा

Advertisement:Ad
Advertisement:Ad

बिश्व महामारीको रुपमा फैलियको कोभिड-१९ ले को गरिब को धनि भनेको त छैन तर पनि उपचार को बिसय मा भने डाक्टर र अस्पताल हरुले  छुट्टायको छ। बास्तबिकता यहि हो सबैलाई यो पच्न नसक्ला तर पनि कुरा यहि हो देसमा कम्युनिस्ट को सरकार छ गरिब को सरकार छ दलित उत्पीडित हरुको सरकार छ भन्नु सब कथा भयको छ भन्दा अतिसयोक्ति नहोला ।

विभिन्न स्थानमा स्वाब संकलन गरीन्छ तर  रिपोर्ट आउने क्रममा धनी हुनिखानीहरुले महँगो तिरेर गरेको छ भने  स्वाबको नतिजा पोजेटिभ/नागेटिभ बेलै मा आउने गर्छ भने गरिबहरुले निसुल्क स्वाब टेस्ट गरेको कारणले उनिहरुको नतिजा आउन हप्तौं लाग्ने भय पछि गरिबहरुले कम्युनिष्ट को सरकार भयबापत उपचारमा नपाई मर्नपर्ने ? वर्गीयता को नाममा बनेको  कम्युनिष्ट सरकाररुपी खोल ओढेका ब्वासाहरूको के विश्वास गर्नु कहिले सम्म बिस्वास गर्ने भनेर आफ्नो अभिभावक गुमायका परिवारहरुको गुनासो रहेको छ ।

Advertisement:Ad
Advertisement:Ad

त्यसो त यी विषयहरु उठान गरिरहँदा प्राइभेट सेक्टरमा गरिएको पिसिआर चेक को नतिजा छिटो आउने र सरकारी मा गरिएको पिसिआर चेक को नतिजा आउँन  हप्तौ लाग्ने यो बेथितिको बारेमा पोखरा 16 वडाध्यक्षको जीवन आचार्यले हामी संगको कुराकानी मा बडो मार्मिकता का साथ् परिवर्तन न्युज डटकमलाई बताउनुभयो ।

पिसिआर चेक गरेको हप्तौंसम्म पनि नतिजा नआउने प्रवृतिले मलाई पनि दुखित बनायको छ भनेर भनिरहँदा हामीहरु पनि अचम्मित भयौ यस्तो रबैयाले नागरिकमा कस्तो सन्देश जाला अलिकति पनि हेक्का नराख्ने नेपालमा कम्युनिस्ट पार्टीको सत्ता अनि जनताले आस गरेको पार्टी सत्तामा  छ भनेर कसरि के आस गर्ने ! भन्दा आश्चर्य लाग्यो धनी बिरामी को आडमा isolation बसाइ छ अस्पताल मा बेडहरु छन् oxygen छ  तर गरिबहरुलाइ ऋण गरेर पिसिअर चेक गर्न गएको नतिजा थाहै नपाई मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ ! भाबुक बनायो भक्कानिएर आयो  के साच्चै यो देशमा कम्युनिस्ट सरकार जनताको लागि छ र भन्ने बिसयले मन पोलिरह्यो भन्दा अझै भाबुक बनायो ।

जनशक्ति अभाब नहुँदा पनि हप्तौँ लगाउने र हुदापनि हप्तौ लगाउने  तर त्यहि प्रक्रिया निजीस्तर मा  खुलेका स्वास्थ्य प्रतिष्ठानहरुमा केहि घण्टादेखि कम्तिमा २४   घण्टाभित्रै रिपोर्ट आउदा हामी अच्चम परेको छौ  सरकारले प्राइभेट स्वास्थ्य प्रतिष्ठानहरुमा मा दुइ  हजार फिस तोकेको भयपनि घरघरै पुगेर पन्ध्रसय बढी असुली 35 सयसम्म सेवा लिने गरेको पिडित बिरामी को परिवारले बतायका छन् बाच्नाकै लागि घरघरेडी बन्धकी राखेर उपचार गर्नु पर्दा साँच्चै कतै यो सरकार र निजी स्वास्थ्य प्रतिष्ठान हरू बीच मिलिभगत ता छैन ? नत्र किन आउँदैन केही घण्टा देखि  २४  घण्टाभित्र पिसिआर  को नतिजा मा किन ढीलासुस्ती भयको छ यसको बास्तबिकता मा तदारुकता देखाउनु पर्र्यो अनि जनता ले राहत पाउने कहिले सम्म

यकातिर राज्यले सतप्रतिसत जोखिम भत्तादिने  भनेर भनेको छ भने अर्कोतिर पाइएन भनेर गुनासो गर्ने medical person हरुपनि हामीले देखेका हुनाले सरकारको  यो देखावटी कुरा मात्रै हो भने  यसलाई  प्रभाबकारी बानाइ सुधार्नु पर्ने देखिन्छ यसको गाम्भीर्यतालाई बुझ्न जरुरी छ आवश्यकता अनुसार जनशक्ति जुटाएर २४ सै  घण्टा ल्याब सञ्चालन गर्ने र २४  घन्टाभित्र नै रिपोर्ट दिन जरुरी छ अन्यथा आगामी दिनमा बेलुका PCR चेक गरेर  सुतेको व्यक्ति बिहान उठ्दा ज्यान गुमाइसकेको यौटा गरिब को बास्तबिकता वडाध्यक्ष जीवन प्रसाद  आचार्यले हामीलाई भन्दा सबैको मन छियाछिया भयो फेरिपनि  हाम्रो देशमा नेपाल कम्युनिष्ट पार्टीको सरकार भएर पनि उपचार पाइएन भक्कानी नु भयो उहा भाक्कानिनु को वास्तविकता यस्तो थियो।

बुधबारको कुरा हो पोखरा १६ जोगिमणि मा भाडामा बस्दै आउनुभएका ३४ बर्सिया हरि प्रसाद पौडेल हुनुहुन्थ्यो पेशाले उहाँ   labour काम गर्नुहुन्थ्यो उहाँको श्रीमती र छोरा भएपनि छोराअपाङ्ग छन्  दैनिक काम नगरी उहाँको चुलोमा आगो बल्दैन उहाँलाई एक्कसी ज्वरो  आयो औषधि लिन जाँदा ज्वरोको औषधि सिटामोल सम्म पाउनुभएन किनकि उहाँलाईपिसिआर चेक गर्न पर्ने थियो गण्डकी अस्पताल जान पैसा समेत थिएन कसैसँग १००० रुपीया मागी उहाँ चेक गर्न  गण्डकी अस्पताल जानु भयो चेक गर्न दियपनी आफ्नो रिपोर्टमा के भयो के आयो भन्ने थाहा नपाइ आज बिहान शुक्रबार उहाँको दुःखद देहावसान भयो [आज उहा लागयत १९ जनाले ज्यान गुमाउनु भयो ] उहाले सामान्य उपचार नपाई  मरेर जानुभयो तर बाँच्नेलाई हाम्रो देशमा कम्युनिस्ट सरकार छ गरिबले बाँच्न अधिकार छ भनेर तडकारो प्रश्न गर्न बध्य पारेर जानुभयो / देसै भरि यस्ता पारीवार ले  सामान्य सिटामोल  पनि खान पाय कि पाएनन् यो कारुणीकताले भरियका यौटा प्रतिनिधि मुलक घटना हो यस्ता घटना हरु कति होलान अनि तिनले कहिले पाउछन सर्बसुलभ उपाचार आफ्नो सरकार बन्ला  भनेर भोट दिने जनता का  अनुत्तरित प्रश्नहरु मनमा खेलिरह्यो।

धन्यवाद
सहयोगी पोखरा महानगरपालिका १६  का वडाअध्यक्ष जीवन प्रसाद आचार्य
लेखक प्रकाश अधिकारी परिवर्तन न्यूज डटकमका सम्पादक

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज