Worldlink Communications

नेलम्बो नेपालको सप्ताह ब्यापी दन्त शिविर विरेठाँटीमा सम्मपन्न

कार्तिक १४,पोखरा

पोखरा ४ ग्रह्रापाटनमा रहेको नेलम्बो नेपाल र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा रहेको श्री विरेठाँटी मा.वि मा अध्ययन गर्ने विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, र दात को कारण ले अति दुख पाएका दन्त रोगीहरुलाई निःशुल्क रुपमा चेक जाँच, औषधी उपचार, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँत सफा गर्ने दाँतको एक्सरे, गिजाको उपचार आदि जस्ता मुख तथा दाँत सम्बन्धी औषधी उपचार गरिएको छ ।

एक हप्ता सम्म संचालित उक्त शिविरमा २९४ जनाले सेवा लिएका थिए । उक्त निःशुल्क उपचार एक सुविधा सम्पन्न हस्पिटलमा तुलना गर्ने हो भने रु ११,५०,०००।– वरावरको औषधी उपचारको सेवादिन सफल भएको नेलम्बो नेपालले जनाएको छ । नेलम्बो नेपालले मिनि बसलाई मोवाईल डेण्टल भेनको रुपमा परिकल्पना गरि सम्पूर्ण अत्याधुनिक उपकरणहरु सोही भेनमा जडान गरि विपन्न समुदायलाई लक्षित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । सो कार्यक्रममा विशिष्ट अतिथिको मन्तव्य राख्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपालको लक्ष्य भनेको विपन्न समुदायमा मुख तथा दाँत सम्बन्धी अति महँगो उपचारलाई सुलभ बनाउने रहेको र संस्थाको क्षमता  अनुसार सेवा प्रदान गर्ने र प्रदान गर्ने सेवामा गुणस्तरलाई मध्यनजर राखेर उपचार गर्ने बताउनु भयो । नेलम्बो नेपाल आगामी दिनहरुमा पनि गाउँपालिका र विरेठाँटी मा.विसँग सहकार्य गरेर सहयोग गर्ने पनि बताउनु भयो ।

कार्यक्रमको उद्घाटनमा गाउँपालिका प्रमुख युवराज कुँवर, स्वास्थ्य संयोजक ऋषिराम पौडेल, शिक्षा संयोजक वलराम भुँगाई उपस्थित भउका थिए । उद्घाटन कार्यक्रममा बोल्दै कुँवरले नेलम्बो नेपालले आफ्नो गाउँपालिकामा उल्लेखनिय सहयोग गरेको र यस्ता सक्रिय र उपलब्धी मुलक कार्यक्रम गर्ने संस्था कमैमात्रा हुने र नेलम्बो नेपालले जनविशवास प्राप्त गर्दै गईरहेको हुदाँ आगामि दिनमा उच्च सफलताको लागि शुभकामना व्यक्त गर्नु भयो ।

समापन कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका वडा नं. ८ का अध्यक्ष विजय गुरुङ्गले नेलम्बो नेपालले आफ्नो गाउँपालिका भरिनै कोभिड १९ को लागि महत्वपूर्ण कार्य गरेको र त्यसमा पनि आफ्नो वडाको दुर्गम स्वास्थ्य चौकि दाङ्गसिङ्गमा कोभिड १९ का स्वास्थ्य सुरक्षाका अति आवश्यक सामग्रीहरु प्रदान गरेर स्वास्थ्य कर्मीहरुको मनोवल उच्च पार्ने कार्य गरेको पुनः दाँत र मुख जस्तो अति नै महँगो उपचार आफ्नो दुर्गम गाउँमा दक्ष चिकित्सक सहित आएर उपचार उपचार दिएको प्रति आभार प्रकट गर्नु भयो ।

समापन कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र प्रसाद गौचानले नेलम्बो नेपालको सेवा प्रति आफु निकैनै खुशि रहेको र आगामि दिनमा यस्ता महत्वपूर्ण कार्यक्रमहरु आफ्नो विद्यालयमा ल्याइदिन नेलम्बो नेपाललाई अग्रह समेत गर्नु भयो । ७ दिने दन्त शिविर २०७८ कार्तिक ०७ गते देखि १३ गते सम्म सञ्चालन भएको र यसलाई सफल तुल्याउन सहयोग पुर्याउनु  हुने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

उपचार मा नेलम्बो नेपालका सिनियर डेण्टल र्सजन डा. रोशन के.सीको नेतृत्वमा, दन्त चिकित्सा सहायक, स्नेहा खड्का, सुष्मि बुढा मगर, दन्त चिकित्सा सहयोगि विजय बलम्पाकी मगर, टेक्निकल अफिसर रवि गुरूङ्ग, जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी, टेक्निकल सुपरभाइजर रुपेस गुरुङ्ग, सवारीचालक कृष्ण प्रसाद देवकोट, मुक्त माल र भोलेण्टीयर सहोगी नम्रता ढुगाना, लगायतको टिमले सो सिविर सम्पन्न गर्नु भएको थियो।

-सबिन जि सि

 

प्रतिक्रिया दिनुहोस्: