साउन ३०, पोखरा
पोखरा महानगरपालिका–१६ वडहरवोटस्थित वडहरवोट आमा समूहको २४औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशनबाट गीता पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
१२ौं अधिवेशनको अध्यक्षता आमा समूहका कार्यवाहक अध्यक्ष गीता पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्ननुभएको थियो । अधिवेशनबाट नवनिर्वाचित हुने कार्यसमिति लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले आमा समूहहरूले सामाजिक एकता, संस्कृति संरक्षण तथा समुदाय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
अधिवेशनले गीता पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रममा आमा समूहका सदस्य, स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नयाँ कार्यसमितिको अध्यक्षमा गिता पौडेल प्रथम उपाध्यक्षमा शान्ति शर्मा, द्वितीय उपाध्यक्ष कमला तिमिल्सिना, सचिवमा लक्ष्मी तिमिल्सिना, कोषाध्यक्षमा सीता सापकोटा सदस्यहरूमा क्रमश संगिता तिमिल्सिना, मिठु देबकोटा, चन्द्रा पौडेल, देबु पौडेल ,कल्पना कार्की अमृता के सि सदस्य पदमा सर्वसम्मत निर्बाचित हुनु भएको छ ।
वडाध्यक्ष अमृत तिमिल्सिना, जनप्रतिनिधिहरू क्रमश रामचन्द्र आचार्य, राजकुमारी बानियाँ, मञ्जु बस्याल, समाजसेवी पुस्प राज तिम्सिना ,कृष्ण प्रसाद तिमिल्सिना, दान बहादुर बानियाँ , लक्ष्मी तिमिल्सिना, सालिग्राम भट्टराई, नरहरी भट्टराई, इन्दु भट्टराई लगायतले शुभकामना ब्यक्त गर्नु भएको सो कार्यक्रममा बर्डरबोट आमा समूह कि अध्यक्ष स्वर्गीय कमला तिमिल्सिना लाई मरोणा प्रान्त सम्मान सम्मान गरिएको थियो भने लक्ष्मी तिमिल्सिना, पुष्पराज तिमिल्सिना र ८० बर्ष पूरा गरेका आमाहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका लागि विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।






प्रतिक्रिया