Top Header Ad 1

महेन्द्र गुफाको संरक्षण र विकासमा अग्रसर संस्था नयाँ नेतृत्वसहित १९औँ वर्षमा प्रवेश

महेन्द्र गुफाको संरक्षण र विकासमा अग्रसर संस्था नयाँ नेतृत्वसहित १९औँ वर्षमा प्रवेश

परिबर्तन न्युज
३० श्रावण २०८३ बजे
परिबर्तन न्युज
३० श्रावण २०८३

भदौ ३०, पोखरा

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने पोखरा महानगर पालिका–१६ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदा महेन्द्र गुफा को संरक्षण, प्रवर्द्धन तथा बृहत् विकास गर्ने उद्देश्यले २०६४ सालमा स्थापना भएको गुफाक्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था आफ्नो स्थापना दिवससँगै १९औँ वर्षमा प्रवेश गरेको छ।

संस्थाका अध्यक्ष अनिल बस्नेत को अध्यक्षतामा तथा पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत तिमिल्सिना को प्रमुख आतिथ्यतामा सम्पन्न १९औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन ले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। कार्यक्रम संस्थाका प्रेम तिमिल्सिना ले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका आजीवन सदस्य, साधारण सदस्य, संस्थापक सदस्य, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले महेन्द्र गुफा नेपालको महत्वपूर्ण पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित विकासमा सबै पक्षको साझा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

अधिवेशनले एकराज नेपाली को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रेम शर्मा तिमिल्सिना, सचिवमा ईश्वरी नेपाली, उपसचिवमा हरि बस्नेत तथा कोषाध्यक्षमा सुनिल बस्नेत चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा अमर चर्मकार, मनकला नेपाली, सुशान्त बस्नेत र नानी परियार चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष एकराज नेपाली ले महेन्द्र गुफाको संरक्षण, प्रचारप्रसार र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र पर्यटकीय आकर्षणका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने महेन्द्र गुफाको दिगो संरक्षण तथा विकासका लागि संस्थाले विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज