Worldlink Communications

सरकार र निजी क्षेत्र मिलेमा परिबर्तन अबस्यआउछ- मेयर आचार्य

No photo description available.
असार १८ ,पोखरा

पोखरा महानगरपालिकाका प्रमुख धनराज अचार्यले सरकार र निजी क्षेत्र मिलेरमात्र सबै क्षेत्रमा  परिबर्तन आउछ भन्नुभयो। शनिबार पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको उद्यमी लगानीकर्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भयो । प्रमुख आचार्यले सरकार एक्लैले सबैकुरा गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरकारले हातमा हात र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने मा जोडदिनुभयो  ।

सरकारले नीतिगत र  सहजढंगले लगानीको वातावरण बनाउने र निजीक्षेत्रले लगानी गर्नुपर्ने उहाको भनाइ थियो  । सरकार र निजी क्षेत्र मिलेर मात्र सबै क्षेत्रमा ल्याउन सकिन्छ । सरकार एक्लैले केही गर्न सक्दैन । निजी क्षेत्रसंग हातमा हात र काँधमा काँध मिलाएर काम गर्ने हो । सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने हो भन्नुभयो ।

संविधानले तीन वटै तहका सरकारका सिमा र अधिकार तोकिदिएको भन्दै उहा ले तीन वटै सरकारको नेतृत्व गर्नेहरुले आफ्नो सीमा र संविधानले दिएको अधिकारलाई मनन् गर्नुपर्ने ,केन्द्रमा बस्नेहरुले अधिकार प्रदेशमा दिन नखोज्ने, प्रदेशमा बस्नेहरुले स्थानीय तहसंग सहकार्य गर्न नखोज्ने र  स्थानीय सरकारमा बस्नेले पनि आफैमा सबैथोक हो भन्ने प्रवृति विकास निर्माण र जनताका लागि अहितकर हुने  टिप्पणी  गर्नुभयो  ।

आफूले जहाँ जहाँ नेतृत्व गर्ने अवसर आउँछ त्यहीँ त्यहीँ सबै कुरा हो भन्ने प्रवृत्तिले मुलुक नबन्ने हुनाले  जनहितलाई केन्द्रमा राखेर संविधानले दिएको अधिकारलाई समन्वयात्मक ढंगले उपयोग गरेमात्र जनताले खोजेको विकास र समृद्धि परिबर्तन  दिन सकिने मेयर आचार्यले आफ्नो  धारणा राख्नुभयो  । पोखरा  पर्यटकीय सम्भवना बोकेको सहर भयकाले यहाँको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।उहाले  जानकारी को लागि पर्यटन क्षेत्रका लागी महानगरले ५० करोड भन्दा बढी  बजेट छुट्याएको समेत सो  अवसरमा जानकारी दिनुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: