Worldlink Communications

दिप युनाइटेड क्लब पोखरा १६ ले सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ

साउन ८ पोखरा

पोखरामा नगरपालिका वडा नम्बर १६ मा अवस्थित दिप युनाइटेड क्लवले सद्भाव र सहकार्यका लागि एकता भन्ने मूल नाराका साथ क्लवको सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य नाट्य प्रज्ञा प्रतिष्ठान का पूर्व कुलपति सरुभक्तले गर्नुभएको थियो। अतिथिहरुमा प्रमुख सल्लाहकार राजेश गुरुङ , मेजर हितमान गुरुङ जन प्रतिनिधिहरु मा अध्यक्ष अमृत तिमिल्सिना सदस्यहरु  रामचन्द्र आचार्य, मञ्जु नेपाली र समाजसेवी दुर्गा थापा पूर्व वडा अध्यक्ष  सोभा मोहन पौडेल लगायतका व्यक्तिहरु को आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मा सबैले अआफ्नो मन्तव्य र शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्लवको साधारण सभामा पोखरा महानगरपालिका वडा नम्बर १६ का नव निर्वाचित जनप्रतिनिधिहरुको लाई सम्मान गरिएको थियो । सम्मानित हुदै गर्ने क्रममा वार्ड अध्यक्ष अमृत तिमिल्सिना ले विगतका दिनहरुमा पनि यस संस्थाले सामाजिक कार्य गर्दै आएको र आउदा दिनहरुमा पनि सामाजिक कार्य गर्दा वार्ड ले सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो।

कार्यक्रमको अन्तमा प्रमुख अथिति सरुभक्तले युनाइटेड क्लवले आफ्नो स्थापनाकालदेखि नै सामाजिक काम गर्दै आएको र विभिन्न व्यक्तिगत लगायत संघसंस्थाहरुमा आफ्नो सहयोग र सारगर्भित उपस्थिती जनाउँदै आएको भन्दै क्लब र क्लब का पदाधिकारी हरु को प्रशंसा गर्नुभएको थियो भने साधारण सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

दिप युनाइटेड क्लवका सचिव भीमप्रसाद आचार्य र कोषाध्यक्ष उषा गुरुङले आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्नुभएको थियो भने देउसीभैलो बनभोज कार्यक्रम का संयोजक प्रदीप गुरुङ र भित्ते पात्रोका संयोजक योगेन्द्र राज भण्डारीलाई सम्मान गरिएको थियो।

उपाध्यक्ष विष्णु गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका अध्यक्ष खेमराज आचार्यले क्लबका गतिविधिका बारेमा प्रकाश पार्नु हुँदै सहयोगी सम्पुर्णमा आभार व्यक्त गर्नु भएको थियो ।कार्यक्रम लाई भव्य र सभ्य बनाउनको लागि क्लवका सचिव भीम आचार्यले संचालन गर्नुभएको थियो।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: