Worldlink Communications

शुक्ला साहित्य प्रतिष्ठानको ३५ औ साधारणसभा तथा १२ औं अधिवेशन सम्पन्न अध्यक्ष- हरि बरुवाल

साउन १४, पोखरा

पोखरामा नगरपालिका वडा नम्बर १६ मा अवस्थित रहेको शुक्ला साहित्य प्रतिष्ठान को ३५ औं साधारण सभा तथा १२ औं अधिवेशन बाट संस्थाको अध्यक्ष मा हरि बरुवाल सहित नौ सदस्यीय टिम लाई सर्वसम्मत चयन गरेको थियो ।

आज को कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा विकास मंत्री कुमार खड्का हुनुहुन्थ्यो थियो भने कार्यक्रमको अध्यक्षता सुमनराज पौडेलले गर्नुभएको थियो ।कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि सस्था का सचिव गीता भण्डारीले सञ्चलन गर्नुभएको थियो। कार्यक्रममा  विभिन्न संघसंस्थामा काम गर्ने व्यक्तित्वको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि माननीय मन्त्री कुमार खड्काले साहित्यको क्षेत्र अहिले कमजोर हुँदै गएको अबस्थामा शुक्ला साहित्यले इतिहास को कालखण्ड महत्त्वपूर्ण भुमिका खेल्दै साहित्यलाई जगेर्ना गरेकोमा खुसी ब्यक्त गर्नु भएको थियो । विशेष अतिथिहरु क्रमशः वडा नम्बर १६ का  वडा अध्यक्ष अंमृत तिमिल्सिना शर्मा र वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे ले संस्थाप्रतिको माया दर्शाउनु भएको थियो भने संस्थामा नया चुनिएर आउने सम्पूर्ण जिम्मेवार व्यक्तित्वलाई सँग मिलेर काम गर्ने पनि बताउनु भएको थियो । कार्यक्रम को भव्य र सभ्य सफलता को शुभकामना मन्तव्य राख्नुभएको थियो।

शुक्ला साहित्य प्रतिष्ठानका सचिव गिता भन्डारीले आफ्नो प्रतीवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष दिपेन्द्र बानियाँले पनि आफ्नो प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रमलाई रमाईलो बातावरण सृजना गर्दै शुक्ला साहित्य भजन समितिले शिब पार्बती को रुपमा  प्रस्तुत गरेको भजनले कार्यक्रम लाइ निकै रमाइलो बनाएको थियो । यसै अबसरमा शुक्लाले “सेतीको लहर अंक ८, “पुस्तक बिमोचन गरेको थियो । कार्यक्रममा आजीवन सदस्य लगाएत विभिन्न संघ संस्थाका ब्यक्तिहरूको उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन प्रतिष्ठानका सचिव गिता भन्डारीले संचालन गर्नु भएको थियो ।

शुक्ला साहित्य प्रतिष्ठानको  अधिबेशन बाट सर्बसम्मत रुपमा निर्माण भएको समितिका अध्यक्ष- हरि बहादुर बरूवाल, प्रथम उपाअध्यक्ष- दुर्गा बस्नेत,दितिय उपाध्यक्ष- गिता भन्डारी ,कोषाध्यक्ष- कमला शर्मा,सचिव-दिपेन्द्र बानियाँ,सह सचिव- संजय थापा र सदस्य हरुमा क्रमशः लक्ष्मी देवकोटा, हरि बहादुर थापा, मोहन सुनार, शकुन्तला के.सी र रूपा के .सी चयन हुनु भएको थियो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: