Worldlink Communications

नेकपा का चार घटक चन्द, श्रषि कट्टेल, आहुती र कर्णजित बुढाथोकीको नेतृत्व द्वारा भोलि नेपाल बन्द घोषणा

भाद्र ६ पोखरा

भोलि मंगलबार नेकपा का चार घटक चन्द माओवादी, श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती को वैज्ञानिक समाजवादी र कर्णजित बुढाथोकी को माओवादी ले महङ्गी,भ्रष्टाचार,कालो बजारि,MCC/SPP र राष्ट्रघाति नागरिकता विधेयकको बिरुद्ध देसब्यापि नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

पुर्ब सन्ध्या मा राधानी काठमडौंमा चार नेकपा ले सयुक्त रुपमा मसाल जुलुस निकालेका हुन ।के पि शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्व सँग गरेको ३ बुँदे सहमति गठबन्धन सरकारले कार्यान्वयन नगरि हम्रा पार्टी नेताकार्यकर्तालाई पक्राउ पूर्जी काटेको, एमसीसी, एस पि पि, महंगी र राष्ट्रघाती सन्धी सम्झौता गरेको र राष्ट्रबाद को नाममा रास्ट्रघाती नागरिकता विधेक पास गराइ आफ्नो देस  लाई बिदेसी प्रभु लाइ सुम्पेको  जस्ता  हरकत हरुको विरुद्ध विप्लव नेतृत्व लगाएत नेकपा चार दलले भोलिको नेपाल बन्दको पुर्ब सन्ध्या मा काठमाडौ ,पोखरा लगाएत का शहर मा  मसाल जुलुस निकालेको थियो।

कार्यक्रम मा नेकपा सँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुतीको नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: