Worldlink Communications

पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जनालाइ जग्गा धनी पुर्जाको निस्सा वितरण -धनराज आचार्य

भदौ १६,पोखरा

पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गर्नुभएको हो ।

निस्सा लालपुर्जा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु अहिले प्राप्त गरेको यो निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै भएको बताउनुभयो । यो कागज नपाउनेले पछि लालपुर्जा पाउदैन भन्नुभयो। लालपुर्जा पाउनका लागि यो कागज नभई हुँदैन उहाँले यसलाई लालपुर्जा जत्ति कै महत्त्व र सुरक्षाका साथ राख्न अनुरोध गर्नुभयो ।

हामि लालपुर्जा वितरणको प्रक्रियामा रहेको र छिट्टै वितरणको काम थालिने पनि बताउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

मेयर धनराज आचार्य थप्नु भयो तपाँईहरु अब महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद नारा लगाउन पर्दैन भन्नुभयो  हामी तपाँईहरुलाई खुसी बनाएर उचित व्यवस्था गर्छाँ। सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएमा निवेदन उपर आवश्यक कारबाही हुने पनि बताउनुभयो ।

त्यस्तैगरी भूमि आयोग कास्कीका अध्यक्ष गंगा प्रसाद पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै यसको महत्त्व माथि खेलबाड नगर्न सचेत गराउनुभएको थियो । भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसलाई गर्वका साथ सुरक्षित राख्न उहाँले सबै लाइ अनुरोध गर्नुभयो । यो निस्सा भनेको तपाँईहरुले भरेको फर्म को प्रमाण हो । त्यति मात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ । जग्गाधनी पुर्जा प्राप्त गर्ने बेला पनि यही निस्सा आवश्यक पर्ने भएको हुनाले यस लाइ जतन गरेर राख्नुपर्छ भन्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्ने हरुको समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा नं. ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्ने हरुको संख्या ९११ भएको बताउनुभयो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: