असोज २४, पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर पालिका वडा नं. १९ मा विशेष अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनमा अन्य पदहरूमा सर्बसम्मत भएपनि अध्यक्ष पदमा भने देबराज गौतम र नवीन भण्डारी बीच भएको मतदानमा नवीन भण्डारीले छ मतको अन्तरमा नयाँ वडा पार्टी कमिटीको अध्यक्ष पदमा निर्वाचित हुनभएको हो।
प्रगतिशील विचारधाराबाट प्रभावित नवीन भण्डारीको रास्वपा प्रवेशसँगै पोखरा–१९ को राजनीतिक वृत्तमा नयाँ सोच, ऊर्जा र जागरणको चर्चा सुरु भएको छ। पार्टीको प्रथम वडा अधिवेशनका रूपमा आयोजित विशेष अधिवेशनले वडा तहमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित नेतृत्वले विगतको प्रजातान्त्रिक संस्कार र विचारधारा को मर्मलाई आत्मसात् गर्दै वर्तमान युवापुस्ताको सोच, जनताको भावना र परिवर्तनको चाहनाअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नवनिर्वाचित नेतृत्वका अनुसार राजनीति केवल पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यम मात्र नभई जनताको भावना बुझ्ने, युवाको आवाज सुन्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउन समर्पित हुने जिम्मेवारी हुनुपर्ने बताउनुभएको थियो।
पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय गर्दै अगाडि बढ्ने उल्लेख गर्दै भण्डारीले जनताको विश्वास र भरोसालाई आत्मसात गरि संगठनलाई अघि बढाउने धारणा व्यक्त गर्नुभएको छ।
पोखरा–१९ मा सम्पन्न अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने दिशामा नयाँ नेतृत्वलाई जिम्मेवारी दिइने जानकारी दिनुभएको थियो।
नव निर्वाचित नेतृत्वले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने, युवाको सहभागिता बढाउने तथा स्थानीय स्तरमा सकारात्मक परिवर्तनका लागि पहल गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया