Worldlink Communications

दशै तिहार,नेपाल सम्बत् छठ पर्वको सन्दर्भ पारेर जनप्रिय क्याम्पसले शुभकामना आदनप्रदान कार्यक्रम गर्यो

असोज ९,पोखरा

जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दशै तिहार,नेपाल सम्बत् छठ पर्वको सन्दर्भमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष बीरबहादुर अधिकारीले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुन्छ । आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मान्न आग्रह गर्नुभयो ।

क्याम्पस प्रमुख लोेकराज भण्डारीले शुभकामना मन्तव्य दिँदै   विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साखलाई कायम राख्ने दायित्व शिक्षक कर्मचारीको हो भन्नुभयो । सबैले  पेसागत मर्यादालाई ख्याल गर्दै गुणस्तरमा संझौता नगरी असल शिक्षकको महत्वपुर्ण भूमिका भएकोले कोहि कसैले पनि १ मिनेट समय पनि ढिलो नगर्न आग्रह गर्नुभयो  ।

शुभकामना आदनप्रदान कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य सोमनाथ बरालले विगत ३१ वर्षदेखि समुदायमा आधारित क्याम्पस ले आर्जन गरेको गरिमा  गौरव गर्न लायक भएको बताउनुभयो । क्याम्पसलाई केन्द्रमा राखेर काम गर्ने प्राध्यापक कर्मचारीको जरुर भलो हुने हुँदा चौतर्फी धाउँदा हुने सास्तीको अन्त्य गर्ने निकट भबिस्यमा नै अन्तगर्ने बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा पूर्व कोषाध्यक्ष जनकराज पराजुलीले सामुदायिक क्याम्पसको गुणस्तर कायम राख्न शिक्षक कर्मचारीको अहम् भूमिका हुने बताउनुभयो ।

जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

क्याम्पसमा प्रात र दिवा सत्रमा ५ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् जनप्रियले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको क्याम्पसमा १ सय ५० प्राध्यापक र ३९ जना कर्मचारी कार्यरत हुनुहुन्छ।यही असोज ११ गतेदेखि कार्तिक १३ गतेसम्म प्राध्यापक र विद्यार्थीका लागि क्याम्पसले दसैं तिहार,छठको छुट्टीदिए पनि प्रशासनिक कामभने यथावत् सञ्चालन हुने जानकारी सहायक प्रशासक महादेवकुमार पालिखे  दिनुभयो।

स्मरण रहोस स्थाई  प्राध्यापक मञ्च जनप्रिय बहुमुखी क्याम्पस एकाई समितिको आयोजनामा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम भएको हो । मञ्चका सभापति टोपलाल खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका सचिव तथा अङ्ग्रेजी विभाग प्रमुख राजेन्द्र पौडेलले गर्नुभयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: