Worldlink Communications

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट आश्विन २३ बाट सुरु

असोज २३,पोखरा

गण्डकी प्रदेशमा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको तयारी पुरा भएको छ । यस प्रतियोगितामा सहभागीता जनाउने ३६ खेलहरुमध्ये महिला क्रिकेटको तयारी पूरा भई उद्घाटन खेल गण्डकी र मधेश प्रदेशबीच आइतबारबाट पोखरामा सुरु हुँदैछ ।

पहिलो खेल विहान ९ः१५ मा हुने भएको छ भने दोस्रो खेल १ः१५ मा हुने भएको छ । यस नवौं राष्ट्रिय खेलकुद अन्र्तगत हुने महिला क्रिकेटको खेलमा कुल ९ टिमको सहभागिता रहेको छ । उक्त ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा हुने सो महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेल भने समुह “ए” मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच हुने भएको छ । यस्तै दोस्रो खेल सोही दिन सोही समूहमा रहेका सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

आश्विन २३ देखि कात्तिक १ गतेसम्म संचालन हुने यस महिला क्रिकेट प्रतियोगिताको खेल तालिका अुनसार प्रत्येक समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने भएका छन् ।

समूह “ए” मा एफीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेश रहेका छन् । त्यस्तै समूह “बि” मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश नं. १ र लुम्बिनी प्रदेश रहेका छन् ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: