Worldlink Communications

आखिर को हुन त कास्की २ ‘क’ का एमाले उम्मेदवार भिम कार्की 

असोज ३०,पोखरा

आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि ने क पा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न २(१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले समृद्ध कास्की निर्माणमा आफ्नो अर्जुन दृष्टि रहेको बताउनुभयो ।

बिगत मा नेकपा एमाले नेतृत्वको प्रदेश सरकारले धेरै महत्त्वपूर्ण बिकासको कार्य शुरु गरेको भए पनि पूरा समय सो सरकारले काम गर्न नपाउदा अधुरा रहेका योजना र बिकास पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने गरि आफुले प्रदेश सभामा उम्मेदवारी प्रस्तुत गरेको बताउनुभयो ।

भिम कार्किले आफ्नो निर्बाचन क्षेत्र सबै हिसाबले महत्त्वपूर्ण रहेकोले सो क्षेत्रको बिकासको योजना सहित छिट्टै आफ्नो पार्टीको प्रतिबद्धता पत्र सार्बजनिक गर्दै सोही अनुरुप स्थानिय जनताकै आबश्यकता र सुझाबमा काम गर्ने बताउनुभयो।

कास्की जिल्लाको बिकासमा आफ्नो पार्टी नेकपा एमाले ले बिगत का केही बाचाहरु प्रदेश सरकारको फेरबदलका कारणले अधुरो रहेको र सो कार्यक्रमहरु पुरा गर्दै आफ्नो निर्वाचन क्षेत्र हुदै जिल्ला र  प्रदेस निर्माणमा सकृयताका साथ लाग्ने बताउनुभयो । कार्किले सो कुरा प्रेस चौतारी नेपाल कास्की शाखाले आइतबार आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै बताउनुभएको थियो ।

नेकपा एमालेको केन्द्रिय सदस्य हुदै भुमी ब्यबस्थापन बिभाग उप प्रमुख समेत रहेका उम्मेदवार कार्कीले आफू जहिले पनि आम जनताले जस्तै सर्वसाधारण जीवन यापन गर्दै आएको र सधैं जनताकै घर दैलोमा निरन्तर सेवामा लागेको उल्लेख गर्दै यसपटक पहिलो पटक फरक औपचारिक रुपमा जनसेवा गर्नको लागि निर्बाचनमा हाम्रो पार्टी नेकपा एमाले ले मलाई पार्टी को तर्फ बाट २को ‘क’ को प्रदेस उम्मेदवार को जिम्मेवारी दिएको बताउनुभयो।

आफ्नो एकमात्र सपना बिकास भएको र त्यसका लागि कास्की २(१) का जनताले बिजयी गराइ अनुमती दिनेमा आफू आश्वस्त रहेको बताउनुभयो। यस अघि के पि ओलि नेतृत्वको एमाले सरकारमा भुमी आयोगको सदस्य तथा प्रबक्ता समेत रहेर आम भुमिहिन जनताका पक्षमा महत्त्वपूर्ण कार्य गरेका भिम  कार्की सरल र सादगी नेताको रूपमा चिनिनुहुन्छ ।

संघीय सरकार फेरिए लगत्तै भुमी आयोग बर्तमान सरकारले खारेज गरे सङ्गै उहा सम्लग्न आयोगका सबै कार्यहरू अधुरै रहेका छ्न ।सो आयोगमा रहदा देशै भरी सम्पुर्ण जिल्लाहरुमा भुमिहिनहरू तथा अव्यवस्थित बसोबास गर्ने हरूलाइ जग्गा धनी प्रमाण पत्र को  पहिलो निस्सा प्रदान गर्ने कार्य को अन्तिम चरण सम्म नेतृत्व पुगेको सम्पूर्ण अधुरा काम पुरा गरेको नजिक पुुग्न भएको भिम कार्की पोखरा महानगरपालिका वडा न ३३ का स्थायी बासिन्दा हुनुहुन्छ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी संगठन मार्फत महत्त्वपूर्ण जन सेवा गरेका उनी २०५२ सालदेखी २०७० साल सम्म एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ,गण्डकी प्रदेश कमिटिको कार्यालय सचिब हुँदै पार्टिको स्कुल बिभाग सदस्य एमालेको पाँचौ देखि नबौ महाधिवेशन सम्म लगातार महाधिवेशन प्रतिनिधि रहनु भएका भिम कार्की बि स २०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन ने क पा को केन्द्रिय सदस्य चएन भए लगत्तै कास्की एमालेको सह – इन्चार्ज तथा एमाले पोखरा महानगर कमिटिको इन्चार्जको भुमिका प्रभाबकारी रूपमा निर्बाह गरिसक्नु भएको छ ।

२०६२/६३ को आन्दोलनमा लागे बापत तत्कालिन निरंकुश शाही सरकारले गिरफ्तार गरि जेल यातना पाएका भिम कार्की एक इमान्दार ,सरल,त्यागी र संघर्शशिल ब्यक्तिको रूपमा चिनिनुहुन्छ ।

अहिले नेकपा एमाले को दशौ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्बाचित भए सङ्गै एमाले कास्की जिल्ला को इन्चार्जको रूपमा कार्यरत कार्की हाल जिम्मेवारी हेरफेर भएर भुमी ब्यबस्था बिभागको उप प्रमुख को भुमिका मा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्: