Worldlink Communications

जनताको मत खेर जानदिदैनौ –राजीब पहारी

कार्तिक २५ पोखरा

नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकि नराख्ने बताउनु भयो । शुक्रबार अन्नपूर्ण गाउँपालिका–३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताउनु भयको हो । यहि क्षेत्रका निवर्तमान सांसद समेत रहेका पहारीले अघिल्लो पटक जनताले विजयी गराएर पठाएपछि चुनावका बेला गरेको केहि प्रतिवद्धता पुरा गर्न नसकेको केहि बाँकि अधुरा काम पुरा गर्न मेरो उम्देवारी हो भन्नुभयो ।

अघिल्लो कार्यकालमा अँधेरी खोलामा झोलुङे पुल निर्माण गरिएको, मुख्य मन्त्री वातावरण नमुना कृषी गाउँ कार्यक्रम अन्नपूर्ण गाउँपालिकामै सञ्चालन गरिएको, धारापनी–शिवालय मार्ग, पत्थर–मरौंचे–भदौरे मार्गको स्तरोन्नती लगायतका कामहरु भएको जनाउँदै केहि योजनाहरु पुरा गर्न नपाउँदै सरकार ढलेकाले योजनाहरु अधुरा रहेको  बताउनु भयो ।

अँधेरि खोलामा पक्कि पुलका लागि डिपिआर बनेको छ, यहाँको पैह्रो व्यवस्थापनका लागि ठोस योजनाहरु अघि सारिएको छ, हिले–काहुँडाँडा बाटोको स्तरोन्नीत गर्नुछ, कृषियोग्य क्षेत्रमा सिंचाइको व्यवस्थापन गर्नुछ यसका लागि पनि फेरी जनताले मलाई साथ दिनुहुने भन्नेमा म विश्वस्त छु भन्नुभयो  ।उहाले सामाजिक विकृती विसंगति विरुद्ध आमा तथा युवा समुहसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: