Worldlink Communications

पोखरा महानगरपालिका वार्ड न. २५ ले सार्बजानिक सुनुवाई कार्यक्रमको अग्रतालिदै

फागुन  २७, पोखरा

आज पोखरा महानगरपालिका वार्ड न. २५ ले  आर्थिक बर्स  २०७९/८० को पहिलो चरणको जनताको सरोकार बिकास र सम्ब्रिदीको आधारसिला सहित  जबाफदेहिताको कसीमा उभिने सहासगर्दै महानगरमै पहिलो पल्ट सार्बजानिक सुनुवाइगरेको छ ।

पोखरा महानगरपालिका वार्ड न. २५ का अध्यक्ष  तथा महानगरपालिकाको  प्रबक्ता मोतिलाल  तिमिल्सिनाको अध्यक्षतामा भयको कार्यक्रममा  अतिथिहरुमा महानगरपालिकाबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग के.सी ,नगरपालिकाको शिक्षा , कृषि ,जनस्वास्थ्य , पशु पंछी ,खानेपानी लगायत बिभिन्न कार्यलयका प्रमुखहरु लगायत २०० जना स्थानीय सरोकार वाला जनताको समुपस्थिति  भयको सो सार्बजानिक सुनुवाई कार्यक्रम रेडियो पश्चिम पोखराका मनेजिंग डाइरेकटर मोति प्रसाद अधिकारी ले सहजीकारण गर्नुभयको थियो ।

स्थानीयबासीहरुले समसामयिक बिसयमा ,दैनिक जनजीबन संग सरोकार राख्ने जनस्वास्थ्यको बिसयमा , बिकासनिर्माण को बिसयमा ,सेति नदीमा भयको दोहनको बिसयमा ,कृषि बिसयमा लगायत अन्य बिसयमा प्रश्न गर्नु भयको थियो भने जो जस संग प्रश्न मेल खान्छ अर्थात सरोकार राख्ने व्यक्तित्व हरुले जबाफ दिनुभयको थियो ।

करिब १:३० बजे सुरु भयको कार्यक्रम ३:३० सक्ने भनियपनी जनताले भाषण सैलिमा ब्यख्यात्मक शैलीले प्रश्न गरेको हुनाले कार्यक्रम लम्बियर  ४:३० मा सकियको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: