मालपोत कार्यालय लमजुङका प्रमुख अधिकारी निलम्बनमा

मालपोत कार्यालय लमजुङका प्रमुख अधिकारी निलम्बनमा

परिबर्तन न्युज
१२ कार्तिक २०८२ बजे
परिबर्तन न्युज
१२ कार्तिक २०८२

कार्तिक १२, लमजुङ

मालपोत कार्यालय लमजुङका प्रमुख रामचन्द्र अधिकारी निलम्बन मा पर्नुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

पोखराको चर्चित लिचिबारी जग्गा नामसारी काण्डमा मालपोत कार्यालय कास्की प्रमुख हुँदा संलग्न भएको भन्दै रामचन्द्र अधिकारी लगायतलाई मुद्दा दायर भएपछि उहाँ निलम्बनमा पर्नुभएको हो।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले गत असोज २९ गते पत्र पठाई असोज २२ गतेबाट निलम्बन गरिएको पत्र मालपोत कार्यालय लमजुङमा पठाएर अधिकारीलाई निलम्बन गरेको हो।

Advertisement:Ad
Advertisement:Ad

विगतदेखि नै विवादित छविका अधिकारीमाथि विशेष अदालत काठमाडौँमा दायर गरेको भ्रष्टाचार मुद्दामा ५३ लाख रुपैयाँ बराबर सजायको माग दाबी  गरिएको थियो ।

आयोगले गत असोज २२ गते विशेष अदालत काठमाडौँमा दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जित श्रेष्ठलाई प्रतिवादी बनाएको थियो।

लिचीबारी प्रकरणमा गुप्ताले बिचौलिया सुजन लामासँग घुस डिल गरेको र उक्त डिलमा रञ्जिताले मध्यस्थकर्ताको भूमिका खेलेको आयोगको दाबी छ।

सो समयमा मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत को रुपमा रहेका रामचन्द्र अधिकारी हाल लमजुङ घरजग्गा व्यवसायी सुजनकुमार तामाङ खुमबहादुर पुन एम कुमारी गुरुङ र तुलसीराम बुढा मगरलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय लमजुङका अनुसार प्रमुख नहुँदा नामसारी सम्बन्धित काम ठप्प रहेको छ। नामसारी लगायत मुद्दा सम्बन्धी काम रोकिएको छ। मालपोत कार्यालय लमजुङका निमित्त प्रमुख नायब सुब्बा रेशम बहादुर रिमालले मुद्दा सम्बन्धी नामसारी काम रोकिए पनि अन्य काम भने भइरहेको बताउनुभयो । मालपोत कार्यालय लमजुङका अर्का अधिकृत ईश्वर कमल श्रेष्ठले पनि बिदा लिएर विदेशमा रहनुभएको हुनाले केही गाह्रो भएको बताउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज