Worldlink Communications

नेपाल दलित मोर्चाको गण्डकी प्रदेश सम्मलेन चैतको अन्तिममा

चैत १, पोखरा

नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलन चैतको अन्तिम साता पोखरामा हुने भएको छ । ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दलित मोर्चा केन्द्रीय फ्र्याक्सन इन्चार्ज, संबिधान सभा सदस्य क. परशुराम रम्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न मोर्चा प्रदेश बैठकले चैत २९ र ३० गते प्रदेश सम्मेलन तय गरेको हो ।

“आजको उपलब्धीको रक्षा एबं प्रयोग गर्दै बिशेषाधिकार प्राप्तिकोे लागि शसक्त आन्दोलन ! पुर्ण समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, सुशासन र समुद्धिको पक्षमा प्रथम प्रदेश सम्मलेन !!” भन्ने नारा सहित गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन हुने प्रदेश संयोजक भिम बहादुर बि.क. क्षितिजले बताए ।बैठकले सम्मेलनको लागि भिम बहादुर बि.क. क्षितिजको संयोजकत्वमा १३१ सदस्यीय आयोजक समिति र सम्मलेन व्यवस्थापनको लागि बिभिन्न उप-समितिहरु बनाएको छ ।

राजनैतिक तथा संगठनात्मक प्रतिवेदन उप-समितिमा भिम क्षितिजको संयोजकत्वमा सदस्यहरु डिल बहादुर सेन्चुरी, दुर्गा दर्जी र दमयन्ती रुचाल, प्रचार प्रसार उप-समिति डिल बहादुर सेन्चुरीको संयोजकत्वमा सदस्यहरु रुकबिर सुनार, दुर्गा रसाइली नवलपूर, होम बि.क. लमजुङ, बालकुमारी सुर्खाली, आर्थिक व्यवस्थापन उपसमितिमा कुविर बिश्वकर्माको संयोजकत्वमा सदस्यहरु जिल्ला इन्चार्जहरु र जिल्ला संयोजकहरु, मेश मञ्च व्यवस्थापन उपसमितिमा डम्मर बहादुर परियारको संयोजकत्वमा सदस्य डिल बहादुर नेपाली रहेको छ ।

यस्तै अतिथी सत्कार उप-समितिमा लाल बहादुर परियारको संयोजकत्वमा सदस्यहरु पहलसिंह बिश्वकर्मा, संगिता परियार, स्वंयमसेवक उपसमितिमा धिरेन्द्र बिश्वकर्माको संयोजकत्वमा सदस्यहरु रुद्र बहादुर बि.क., छ प्रसाद श्रीपाली, अनिल बि.क, सरु श्रीपाली , प्रतिनिधि व्यवस्थापन उपसमितिमा टिका कुमारी बि.क.को संयोजकत्वमा सदस्यहरु नेत्र बहादुर सुनार, पृथलाल बि.क., सांस्कृतिक उपसमितिमा डिल बहादुर परियारको संयोजकत्वमा सदस्य याम बहादुर गोतामे, आवास व्यवस्थापन उपसमितिमा सरस्वती परियार र निर्वाचन समिति शिव सुनारको संयोजकत्वमा सदस्यहरुः तेज बहादुर मिजार र सुकमाया परियार हुनुहुन्छ ।

गण्डकी प्रदेशको ११ वटा जिल्लाका ८५ वटै पालिकाहरुबाट प्रतिनिधित्व हुने सम्मेलनमा ४३३ जना प्रतिनिधीको सहभागीता हुने बताइएको छ ।यस्तै मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन २०८० बैशाख २३, २४ र २५ गते काठमाडौं हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: