Worldlink Communications

क्लब स्तरीय भलिबल प्रतियोगिता को तयारी पुरा

असोज ७, पोखरा

भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुने क्लब स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा मंगलबार बाट आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष कुल प्रसाद छन्त्यालले जानकारी दिनुभएको हो ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक मनोज खड्काले जानकारि दिनुभएको हो

मंगलबारबाट हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । प्रतियोगिता मा पुरुष तर्फ २० भन्दा बढी टिमको सहभागिता हुने अनुमान गरिएको छ भने महिला तर्फ १० टिम पुग्ने अनुमान गरिएको छ ।

प्रशिक्षण केन्द्रले हरेक वर्ष प्रतियोगिता गर्दै आइरहेको छ भने प्रशिक्षण केन्द्रले सांस्कृतिक, हास्य तथा मनोरञ्जनात्मक कार्यक्रम पनि गर्ने भएको छ । प्रतियोगिताबाट उदीयमान खेलाडी उत्पादन हुने आयोजकको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्: