Top Header Ad 1

आजबाट स्वस्थानी व्रतकथा प्रारम्भ हुँदै

आजबाट स्वस्थानी व्रतकथा प्रारम्भ हुँदै

परिबर्तन न्युज
११ माघ २०८० बजे
परिबर्तन न्युज
११ माघ २०८०

माघ ११ , पोखरा

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म स्वस्थानीको कथा आजबाट सुरु हुने भएको छ।

Advertisement:Ad

प्रत्येक वर्ष हिन्दू धार्मिक परम्परा अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास पनि गरिन्छ ।

आजकै दिनबाट स्वस्थानीको व्रत लिने हरूले आफ्ना हात गोडाका नङ काटी, नजिकको नदी ताल तलैयामा गई स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्नुपर्छ भन्ने मान्यता पनि रहिआएको छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

आज बेलुकीबाट हिन्दू धर्मावलम्बीहरूको घरमा स्कन्द पुराण केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच भएको वार्तालाप स्वस्थानी व्रत कथाको रुपमा सुन्ने सुनाउने परम्परालाइ आज पनि त्यत्तिकै महत्व दिदै आएको को छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज