आलमलाई सफाइ दिने न्यायाधीशलाई नेकपा (बहुमत) का कार्यकर्ताले कालोमोसो दले

जेठ २९, काठमाडौं
आजीवन कारावास सजाय तोकिएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुसीराम थारूलाई मोसो दलिएको छ।
जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैद को सजाय भोगिरहेका आलमलाई सफाइदिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश थारूलाई धर्मेन्द्र बाँस्तोला नेतृत्व को नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलेका हुन्।
नेकपा बहुमतका कार्यकर्ताले थारूमाथि बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारलाई समेत उन्मुक्ति दिएको आरोप लगाउँदै मोसो दलिदिएको सम्बद्ध सूत्रले जानकारी दिएका छन
२०६४ चैत्र २७ गतेमा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
आलम आफैंलले बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुन्छ कि भन्ने डरले जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ । त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का गरेको थियो ।
