Worldlink Communications

६९ वर्षीय जुवारचन मुस्ताङस्थित आफ्नै निवासमा मृत भेटिए

जेठ ३०, मुस्ताङ

नेकपा माओवादी केन्द्रको जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य तथा संविधान सभा सदस्य ६९ वर्षीय जुवारचन मुस्ताङस्थित आफ्नै निवासमा मृत भेटिनु भएको हो।

मुस्ताङमा जारी पार्टी कार्यक्रममा सहभागी भएर जेठ २८ गते राति आफ्नै निवासमा फर्किनुभएको उहा बिहीबार बिहान सुतेकै ठाउँमा मृत भेटिनु भएको थियो । उहाको हृदयाघातको कारण निधन भएको आशंका गरिएको छ।

जुवारचनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ। जुवारचनको निधनले सिंगो पार्टी मर्माहत भएको भन्दै पच्रण्डले उहाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु भन्नुभएको छ।

जुवारचन २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीबाट समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्: