Worldlink Communications

सुनको मूल्य आज पनि उकालोमा प्रतितोला चार हजार दुई सय रुपैयाँ

जेठ ३० पोखरा

आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलको एक लाख ९२ हजार नौ सय रुपैयाँ थियो । सरकारले लगाएको कर र भ्याटले सुनचाँदी व्यवसायमा सङ्कट देखिएको भन्दै व्यवसायीहरूले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायी कास्कीका अध्यक्ष भरत बि.कले जानकारी दिनुभयो ।

उहाँको अनुसार आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज हिजोकै प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: