Worldlink Communications

राष्ट्रिय परोपकार महासङ्घ नेपाल पोखरा १६ वडा एकाइ समिति को अधिवेशन सम्पन्न सर्वसम्मत अध्यक्ष गणेश बहादुर बानियाँ

कार्तिक १०, पोखरा

राष्ट्रिय परोपकार महासङ्घ नेपाल पोखरा १६ वडा एकाइ समितिको १२औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशन सम्पन्न भएको छ।

राष्ट्रिय परोपकार महासङ्घका अध्यक्ष होमनाथ पौडेल “शिवजी” को अध्यक्षतामा भएको १२औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशन कार्यक्रमको प्रमुख अतिथि महासङ्का केन्द्रीय उपाध्यक्ष सीता पराजुलीले प्रमुख आतित्यता ग्रहण गर्नुभएको थियो।

महासंघले अधिवेशन बाट सर्वसम्मत रूपमा अध्यक्ष मा गणेशबहादुर बानिया वरिष्ठ उपाध्यक्ष शारदा देवकोटा उपाध्यक्ष लक्ष्मी शर्मा तिमिल्सिना सचिवमा शोभाकार गौतम सहसचिवमा तारादेवी भट्टराई  कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सदस्यहरूमा सीता थापा मनु थापा सीता सापकोटा श्यामसुन्दर आचार्य टिमलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

कार्यक्रममा अध्यक्ष होमनाथ पौडेल “शिवजी”ले अध्यक्ष प्रतिवेदन सचिव मोहन थापाले सचिवको प्रतिवेदन त्यस्तैगरी कोषाध्यक्ष ले कोषाध्यक्ष प्रतिवेदन र लेखा समितिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सो कार्यक्रमलाई भव्य र सभ्य रूपले संस्थाका सचिव मोहन थापाले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: