गुरुङ संस्कृतिको कथामा आधारित “रिमै” सिनेमा पर्दामा

गुरुङ संस्कृतिको कथामा आधारित “रिमै” सिनेमा पर्दामा

परिबर्तन न्युज
१३ भाद्र २०८२ बजे
परिबर्तन न्युज
१३ भाद्र २०८२

भदौ २०, पोखरा

नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो ।सिनेमाको प्रदर्शन पूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरा मा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराउनु भएको थियो।

कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ, कार्यकारी निर्माता बिरबल घलेको उपस्थिति थियो । पत्रकार सम्मेलनमा बोल्दै कलाकार माओत्से गुरुङले रिमै आदिवासी कथा को प्रतिनिधित्व गर्ने चलचित्र भएको बताउनुभयो । मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिले गर्दा यस्तो विषयवस्तु उठाउन सम्भव भएको बताउनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

‘रिमै’ भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्ने अर्थमा प्रयोग गरिने उक्त सिनेमामा आफु एक कठोर बुबाको भूमिकामा देखिएको उहाले बताउनु भयो।  चलचित्रकी मुख्यपात्र नायिका रिश्मा गुरुङले रिमै आफ्ना लागि विशेष रहेको बताउनुभयो ।

मेरो लागि “रिमै” विशेष फिल्म हो सिरुमा पहिलो अफर आउँदा नगर्ने सोच थियो, अमेरिकामा भएकाले सम्भव भएन। अहिले भने परिस्थिती मिलेकाले पहिलो पटक ठूलो पर्दामा गुरुङ संस्कारलाई उतार्न पाएको भएर नै यो सिनेमा गरेकी हुँ भन्नुभयो।

कबड्डी पछि लामो समय सिनेमामा नदेखिएता पनि आफु उक्त क्षेत्रबाट बाहिर भने नभएको कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको र अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिँदै जाने बताउनुभएको छ।

कलाकार डिबी गुरुङले सिनेमाले गुरुङ समाजको मात्र नभई सम्पूर्ण नेपाली जीवनशैलीको प्रतिबिम्बित भएको ले पनि यस “रिमै नेपाली सिनेमालाइ मौलिकताको खोजी हो भन्नसक्ने वातावरण सिर्जना गर्ने भएकोले दर्शकलाई आफ्नोपनाको भाव दिनेछ भन्नुभयो।

कार्यकारी निर्माता बिरबल घलेले रिमै मौलिक कथा, मौलिक संस्कृति र मौलिक अभिनयको संगम भएको बताउनुभयो । करिब ३ करोड लगानीमा निर्माण भएको उक्त सिनेमाले नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास व्यक्त गर्नुभयो। ।

‘रिमै’ को छायांकन मुख्यतया गुरुङ बस्ती र पहाडी गाउँघरमा गरिएकोले यसले ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट चित्रण गर्ने प्रयास गरेको छ भन्नुभयो। यस सिनेमाले सांगीतिक पक्षलाई पनि विशेष महत्व दिइएको र गुरुङ समुदायको मौलिक धुन र ताललाई राम्रोसँग समेटेको बताउनुभयो।

उपेन्द्र सुब्बाको कथा र खील बहादुर गुरुङको निर्देशनमा बनेको उक्त चलचित्रप्रति निर्माण पक्ष मात्र नभई कलाकारहरू पनि आशावादी देखिएका छन्। दर्शकले मौलिक संस्कृतिको स्वाद लिन पाउने भएकाले ‘रिमै’ नेपाली सिनेमामा फरक अध्याय बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज