Worldlink Communications

पदयात्रामा जाने पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको सतर्कता अपनाउन अनुरोध

कार्तिक ११,पोखरा

गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात बढेको र जनजीवन अस्तव्यस्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले पदयात्रामा जाने पर्यटकहरुलाई सकेसम्म नजान अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार साेमबार देखि भाेली (बुधबार )सम्म हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकोले पदयात्रा गर्दा बुद्धिमत्तापूर्ण तरिका र सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

एकातिर हिमपात भइरहेको छ भने अर्कोतिर पदयात्राका क्रममा पर्यटकहरुमा ‘लेक लाग्ने’ समस्या दुख देखिएकाे साथै मृत्यु बरण भै आपतकालीन उद्धारका घटनाहरू समेत बढेका भन्दै प्रशासनले यात्रु तथा पर्यटन व्यवसायीहरूलाई थप सतर्कता अपनाउन अनुरोध गरेको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको विज्ञप्ति अनुसार भनिएकाे छ, ‘ मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाको पालना गरी मात्र यात्रा गर्ने।अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमै डाँडा, कोरी लगायत हिमाली पदयात्रा मार्गहरूमा मौसम सफा नभएसम्म यात्रा नगर्ने।

पर्याप्त तयारी, सूचना र अग्रिम बुकिङसहित मात्र पदयात्रामा जाने। समूहमा यात्रा गर्ने र विस्तारै उचाइ लिंदै जाने । न्यानो कपडा, तातोपानी, औषधि लगायत आवश्यक सामग्री बोक्ने। धुम्रपान र मद्यपान नगर्ने, तातोपानी र झोलिलो खाना खाने। ‘लेक लाग्ने’ लक्षण देखिएमा तुरुन्त तल्लो उचाइतर्फ झर्ने। स्थानीय तह, पर्यटन व्यवसायी, होटल तथा ट्रेकिङ एजेन्सीहरूले पूर्वतयारी र सहयोगी भूमिका निर्वाह गर्ने।’ भनिएको छ।

साथै आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने नम्बरहरु :

नेपाली सेना ०६१–५८११६०, ९७६३२४६०२२

नेपाल प्रहरी १०० (कन्ट्रोल), ९८५६०३९५९९

सशस्त्र प्रहरी बल ०६१–५४४०८८, ९८५१२७२०८०

प्रतिक्रिया दिनुहोस्: