कार्तिक २२, रुपन्देही
लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला मा एसियाकै सबैभन्दा ठूलो वृक्षको रुपमा पाकरी वृक्ष रहेको छ।
ऐतिहासिक र साँस्कृतिक महत्व सहित बाह्रैमास हरियो रहने यो वृक्षमा गिद्ध, चिल, काग बकुल्ला लगायतका ठुला चराहरु बस्दैनन् भने चराले गुण समेत नलगाउने स्थानीयको भनाइ छ ।
अहिलेसम्म वृक्ष स्थलमा हात्ति पनि प्रवेश नगरेको स्थानीय बताउँछन् । जो कोहिले पनि हेर्दा निकै सुन्दर देखिने यस वृक्षले नेपालको विविधता, प्राकृतिक सौन्दर्यता र धार्मिक अर्थमा महत्वपूर्ण भूमिका निभाएको स्थानीय रुद्र पाण्डेले बताउनुभयो।
पाण्डेका अनुसार यो वृक्षमा विभिन्न जीव र वस्तुका आकृति समेत छन् । वृक्षको हाँगा तथा जराहरुमा हात्तीको सुँड, नाग, कछुवा, मानव मस्तिष्क, अक्टोपस, गणेश भगवान, बुद्ध भगवान सुतेको आकृति रहेको बताउनुभयो ।
पौराणिक कथा र किम्वदन्ती अनुसार यस वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता बोकेको यस वृक्ष पर्यटकीय आकर्षणको रुपमा रहेका कारण वार्षिनि हजारौं पर्यटकहरू पाकरी वृक्ष हेर्नका लागि देवदहमा आउने गरेको बताउनुभयो ।










प्रतिक्रिया