कार्तिक २२, पोखरा
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधानको रक्षाका लागि संसद पुर्नस्थापनाको बिकल्प नरहेको बताउनुभयो।
बर्तमान सरकार संविधानभन्दा बाहिरबाट निर्माण भएको बताउदैं संविधानको रक्षाका लागि संसद पुर्नस्थापना आवश्यक रहेको बताउनुभयो।नेकपा (एमाले) पोखरा महानगर कमिटी -३० को वडा भेलालाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा निर्वाचन हुन सम्भव नरहेको बताउनुभयो ।
ठुलो सङ्ख्यामा हातहतियार लुटिएका छन् त्यसको दुरुपयोग हुने खतरा छ निर्वाचन शान्तिपुर्ण हुने देखिदैंन त्यसकारण निर्वाचन हुने सम्भावना छैन भन्नुभयो । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिर रोक लगाउने काम सहि नभएको बताउनुभयो ।
पार्टीको तर्फबाट समीक्षा गर्नुपर्ने बिषयलाई आन्तरिक रुपमा छलफल र बिचार बिमर्शबाट निकास निकाल्छौ हामि हाम्रा कमजोरी सच्चाउन सक्छौं तर देशलाई वर्वाद हुन दिदैनौ प्रतिक्रान्तीलाई पराजित गर्छौं भन्नुभयो ।
विगतका कमीकमजोरीहरू लाई अब गफमा होइन व्यबहारिक , शैलीगत रुपमा नै सच्चाउदै देशलाई सहि दिशामा लैजान नेता नेतृत्व र कार्यकर्ताहरु सबै तयार रहनुपर्ने बताउनुभयो।









प्रतिक्रिया