रुपामा मुटु स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम

रुपामा मुटु स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम

परिबर्तन न्युज
६ मंसिर २०८२ बजे
परिबर्तन न्युज
६ मंसिर २०८२

मंसिर ६ ,रुपा

रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु बेस भन्ने उक्तिलाइ प्रयोगमै ल्याउने काम रुपा गाउँ पालिकामा भएको छ । हो बिश्वमा घातक मानिएको मुटु सम्बन्धी रोगबाट नेपाल पनि उतिकै जोखिममा रहेको यथार्थलाइ सम्बोधन गर्दै बिभिन्न स्थानिय तहका सरकारले आफ्ना नागरिकलाइ मुटु रोगबाट सचेत रहन विभिन्न अभिमुखिकरण कार्यक्रम गर्दै आएकोपाइन्छ ।

Advertisement:Ad
Advertisement:Ad

 

Advertisement:Ad
Advertisement:Ad

 

मङ्सिर ५ गते शनिबार रुपा गाउँ पालिकाले आफ्नो पालिका भित्र रहेका नागरिकहरुलाइ मुटुरोग बाट बच्न र बचाउन साबधानी अपनाउने बारे एक दिबसिय अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । रुपा गाउँ पालिका भित्र रहेका बिध्यालयका शिक्षक , स्वास्थ्यकर्मी , कर्मचारी , जनप्रतिनिधि र पत्रकारहरुलाइ भेला गराएर नेपालका चर्चित कार्डियो भास्कुलर विशेषज्ञ डाक्टर सुर्य देवकोटाले अभिमुखिकरण गराएका थिए ।

कार्डियो भास्कुलर बिषयमा डिएम डिग्री हासिल गरेका देवकोटाले मुटु रोग कसरी लाग्छ , त्यसबाट जोगिने उपाए र लागिसकेको मा के गर्ने भन्ने बारेमा जानकारी सुझाएका थिए । समाजका प्रतिनिधि मुलक पात्रहरुको उपस्थितिमा आयोजित अभिमुखीकरण कार्यक्रमले समाजलाइ सुसिक्षित बनाउने अपेक्षा राखेको डाक्टर देवकोटाले बताएका थिए ।

कार्यक्रममा रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो पालिकाका नागरिकलाई मुटुरोग जस्तो गम्भीर रोग लाग्न बाट जोगाउन यस्तो कार्यक्रम गर्नुपरेको बताएका थिए । महङ्गो र खर्चिलो मुटु रोग लाग्नबाट जोगिन नागरिकहरुले खानपिन आहरबिहारमा ध्यान दिन र जीवन शैली परिवर्तन आवश्यक रहेको बताएका थिए ।

रुपा गाइपालिकाको आयोजनामा भएको कार्यक्रममा टाइगर ग्रुप नेपाल , होटल पिस प्लाजा लेकसाइड , र हेल्दी हार्ट नेपालको सहकार्य रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभाका माननीय सासद प्रकाश बराल , रुपा गाउँ पालिकाका उपाध्यक्ष लाल्सुब्बा गुरुङ , प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पौडेल , लगायतको सहभागीता रहेकोथियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज