विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७९औँ वार्षिक उत्सवलाई जीवनदानको सन्देशले सार्थक बनायो

विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७९औँ वार्षिक उत्सवलाई जीवनदानको सन्देशले सार्थक बनायो

विन्ध्यवासिनी मा वि को रक्तदान कार्यक्रममा ३६ युनिट संकलन, ५८औँ पटक रक्तदान गर्ने रामबहादुर थापा,५२औ पटक रक्तदान गर्नुभएका धर्मराज थापार ३५औँ पटक रक्तदान गर्नुभएका प्रकाश चन्द्र अधिकारी सम्मानका पात्र

परिबर्तन न्युज
२६ पुष २०८२ बजे
परिबर्तन न्युज
२६ पुष २०८२

पौष २६, पोखरा

विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७९औँ वार्षिक उत्सवको शुभ अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम भव्य, सभ्य र अनुशासित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

Advertisement:Ad

औपचारिक कार्यक्रमको उत्सवलाई महोत्सव बनाउँदै समाजसेवाको उच्च सन्देश सँग जोड्दै विद्यालयले मानव जीवन बचाउने अभियान लाई केन्द्रमा राखेको यस कार्यक्रमले सबैको ध्यान तानेको छ।

कार्यक्रममा ५८औँ पटक रक्तदान गर्नुभएका अनुभवी रक्तदाता रामबहादुर थापाले दीर्घकालीन सामाजिक सेवाको अनुपम उदाहरण प्रस्तुत गर्नुभयो भने ५२ औँ पटक रक्तदान गर्नुहुने धर्मराज थापा र परिवर्तन news.com का सम्पादक प्रकाश चन्द्र अधिकारीले ३५औँ पटक रक्तदान गर्दै निरन्तर मानवीय सेवामा योगदान गरेर सशक्त सन्देश दिनुभएको थियो। उहाँ लगायत धेरै अग्रजहरू र विभिन्न उमेर समूहको सक्रिय सहभागिताले कार्यक्रमलाई प्रेरणा दायी मात्र होइन, सफल र अनुकरणीय बनाएको सहभागी हरूको प्रतिक्रिया थियो।

रक्तदान कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। “रक्तदान जीवनदान हो” भन्ने मूल भावनालाई आत्मसात् गर्दै सम्पन्न कार्यक्रमबाट आज ३६युनिट रगत संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाले जानकारी दिनुभयो।  संकलित रगत आपतकालीन उपचार तथा बिरामी हरूको जीवन रक्षाका उपयोग गरिने जिल्ला रेडक्रस समितिका सदस्य सुवास अधिकारीले बताउनुभयो।

व्यवस्थापन समितिले ७९औ वार्षिक उत्सवलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी सामाजिक उत्तरदायित्व बहन गर्ने शैक्षिक संस्थाको पहिचान स्थापित गर्ने लक्ष्यसहित रक्तदानजस्ता मानवीय कार्यक्रमलाई प्राथमिकता दिइएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले स्पष्ट पार्नुभएको थियो।

कार्यक्रमको सफलतामा स्वास्थ्यकर्मीहरूको व्यावसायिक सहयोग, स्वयंसेवकहरूको समर्पण र स्थानीय समुदायको सहकार्यले महत्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ।

७९ वर्षको शैक्षिक यात्रामा ज्ञानसँगै सेवा र मानवताको अभ्यास गर्दै आएको विन्ध्यवासिनी माध्यमिक विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक, समाजोपयोगी र जीवनरक्षक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज