पौष २६, पोखरा
पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको अमला बिसौनी धोबिनी पाटन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन बाट सर्वसम्मत रूपमा खगेन्द्र थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ।
पोखरा अमला बिसौनी धोबिनी पाटन टोल विकास संस्थाक अध्यक्ष खगेन्द्र थापाको अध्यक्षतामा सुरु भएको २० औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना हुनुहुन्थ्यो भने विशेष अतिथिमा हिमालय क्लबका अध्यक्ष मोहन थापा हुनुहुन्थ्यो अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु टोल विकास संस्थाका प्रतिनिधिहरु लगायत का व्यक्तिहरूको उपस्थितिमा भएको कार्यक्रमलाइ संस्थाका सचिव राजु खड्काले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र संरक्षण आमा समूहको अध्यक्ष पार्वती थापा बस्नेतले स्वागत मन्तव्य राख्दै टोल विकास संस्थाले समुदायको चौतर्फी विकास, सरसफाइ, सामाजिक सद्भाव र आपसी सहयोगमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो।
अधिवेशनका क्रममा टोलका ७० वर्ष कट्नुभएका सात जना जेष्ठ नागरिक आमा बुवा: छली थापा , बेली कुमारी बस्नेत , दुर्गा केसी थापा मैना ,थापा मंगला खड्का ,भगवती खड्का र होमबहादुर खड्कालाई सम्मान गरिएको थियो।
अधिवेशनले खगेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ। समितिको उपाध्यक्षमा: लक्ष्मी श्रेष्ठ,सचिवमा:राजु खड्का,सहसचिवमा: गङ्गा कार्की, कोषाध्यक्षमा: भुवन कुमार पौडेल,सह कोषाध्यक्ष:भुवन बस्नेत तथा सदस्यहरूमा क्रमश: सीता थापा लक्ष्मी पौडेल, राधा खत्री, कमल थापा, सन्तोष थापा, श्रीदेवी थापा र रिता भण्डारी खड्का चयन हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अमृत शर्मा तिमिल्सिनाले टोल विकास संस्थाहरू स्थानीय तहको सबैभन्दा बलियो सामाजिक संरचना भएको बताउनुभएको थियो। शर्माले जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको सन्दर्भलाई समाज निर्माणमा नैतिकता र मान सम्मानको महत्वपूर्ण योगदान हुन्छ आफूले सम्मान दिए मात्र अरु बाट सम्मान पाइन्छ भन्ने कुरा सन्देश दिएको बताउनुभयो। यस किसिमको योगदानको कदर गर्दै सम्मान गरिएकोप्रति सम्मान गरेको विषयलाई हामीले तपाईंहरूको सत्मार्गलाई पछ्याउँदै छौं है भन्ने विषयमा महत्त्वपूर्ण रूपले सिङ्गो समाज र म आफूले पनि लिनुपर्ने बताउनुभयो।
विशेष अतिथि हिमालय क्लबका अध्यक्ष मोहन थापाले अमला बिसौनी धोबिनी पाटन टोल विकास समिति आफ्ना टोल विचार रहेका सदस्यहरूलाइ लघु उद्यमी बनाउदै बचत कार्यमा लगाई आफ्ना सदस्यहरूलाई उत्पादनमा जोड्दै लैजानको लागि मार्ग प्रशस्त गर्नुहुने सञ्चालकहरुलाई धन्यवाद दिनुभयो। फेरि पनि टोल विकास संस्थाले शान्तिसुरक्षा, सामाजिक सद्भाव र विकास निर्माण मा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
सम्मान कार्यक्रम र सञ्चालकहरूले देखाएको राम्रो व्यवहारलाई लाई देखेर कार्यक्रममा उपस्थित सहभागीहरूले सिङ्गो समितिको प्रशंसा गर्नुभएको थियो।कार्यक्रमको अन्त्यमा सर्वसम्मत रूपमा फेरि पनि अध्यक्ष बन्नुभएका खगेन्द्र थापाले उपस्थित सम्पूर्ण सदस्य तथा टोलवासीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।






प्रतिक्रिया