झापा-५ मा ‘हेभीवेट’ केपी ओली र बालेन शाहको भिडन्त, सत्ता अनुभव र विद्रोही आशाको टक्कर हुदै

झापा-५ मा ‘हेभीवेट’ केपी ओली र बालेन शाहको भिडन्त, सत्ता अनुभव र विद्रोही आशाको टक्कर हुदै

नेकपा एमालेका ससक्त नेता केपी ओली सग अनुभव, संगठन र सत्ताको पहुँच छ ,केपी ओली झापाको राजनीतिमा नयाँ नाम होइनन् । दशकौँदेखि यही भूगोलमा जरा गाडेका बलियो पार्टी संगठन छ,अनुभवी क्याडर छन, सत्ता सञ्चालनको राम्रो अनुभव छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान जस्ता बलिया हतियार छन् ।

परिबर्तन न्युज
२८ पुष २०८२ बजे
परिबर्तन न्युज
२८ पुष २०८२

पौष २८, काठमाडौँ

झापाको क्षेत्र नम्बर ५ यसपटक सामान्य निर्वाचन क्षेत्र मात्र रहेन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरका मेयर बालेन शाह उम्मेदवार बनेसँगै यो क्षेत्र राष्ट्रिय राजनीतिकाे केन्द्रबिन्दु बनेको छ ।

Advertisement:Ad

नेकपा एमालेका ससक्त नेता केपी ओली सग अनुभव, संगठन र सत्ताको पहुँच छ ,केपी ओली झापाको राजनीतिमा नयाँ नाम होइनन् । दशकौँदेखि यही भूगोलमा जरा गाडेका बलियो पार्टी संगठन छ,अनुभवी क्याडर छन, सत्ता सञ्चालनको राम्रो अनुभव छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान जस्ता बलिया हतियार छन् ।

ओलीका समर्थकहरूका लागि यो चुनाव व्यक्ति होइन, एमालेको भविष्य र नेतृत्वको निरन्तरतासँग जोडिएको छ । झापा एमालेको लाल किल्ला मानिन्छ, जहाँ पार्टी संरचना अझै पनि मजबुत छ । ओलीको उम्मेदवारीले कार्यकर्तामा ‘अस्तित्वको लडाइँ’को भावना पैदा गरेको देखिन्छ भने आलोचकहरू “ओली पुरानो शैलीको राजनीति र अधुरो आश्वासनको प्रतीक बनेका छन् । विकास भन्दा भाषण धेरै, परिणाम कम।” भन्छन।

अर्को तर्फ राष्टिय स्वतन्त्र पार्टीकाबालेन शाहको उम्मेदवारी भने परम्परागत राजनीतिमाथिको खुला चुनौती हो । काठमाडौं महानगरमा देखिएको नबोलेर काम गर्ने शैली ,संरचना तोड्ने साहस र शक्तिशाली समूहसँग ठोक्किने हिम्मत ,भाषणभन्दा कामलाई प्राथमिकता दिने युवापुस्ताको ‘आशाको प्रतीक’ बनाएको छ ।

झापा–५ मा बालेनको उपस्थितिले रास्वपा मात्र होइन, सम्पूर्ण पुराना दलहरूलाई असजिलो बनाएको छ । बालेनलाई समर्थन गर्ने मतदाता वर्ग पार्टी हेर्दैन, अनुहार र काम हेर्छ । यही कारणले यो चुनाव एमाले बनाम रास्वपा होइन, पुरानो राजनीति बनाम नयाँ सोचको रूपमा हेरिन थालेको छ ।

तर प्रश्न पनि उत्तिकै गम्भीर छन् झापाको भूगोल र स्थानीय मुद्दामा बालेन कति जानकार छन् ?स्थानीय संगठन कमजोर हुँदा चुनावी व्यवस्थापन सम्भव छ ? काठमाडौंको मोडेल झापामा हुबहु लागू हुन्छ  ?मतदाताको मनोविज्ञानः थकान बनाम जोखिम झापा–५ का मतदाताहरू अहिले दुई ध्रुवमा देखिन्छन् एकातिर, “जानेको र देखेको नेता” ओली अर्कोतिर, “नयाँ तर जोखिमपूर्ण विकल्प” बालेनको उमेद्वारी हुनेछ।

युवा मतदाता परिवर्तन चाहन्छन्, तर ग्रामीण मतदातामा अझै पनि संगठन र पहुँचको प्रभाव बलियो छ । यो चुनाव भावनात्मक होइन, मनोवैज्ञानिक द्वन्द्व पनि हो ।निष्कर्ष को रुपमा नतिजाले राजनीति लाई मोड्नेछ‌।

झापा-५ को नतिजा केवल एउटा सिटको प्रश्न होइन । ओली जितेमा एमालेको वर्चस्व अझै कायम, र ‘पुरानो राजनीति अझै मरेको छैन’ भन्ने सन्देश हो भने बालेन जितेमा राष्ट्रिय राजनीतिमा ठूलो भूकम्प, रास्वपाको उचाइ र पुराना दलको गम्भीर झट्का,जे भए पनि,यदि साच्चिकै झापा–५ को यो भिडन्त नेपालको राजनीतिले कुन दिशा लिन्छ भन्ने संकेतकको चुनाव बन्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज