नेपाली कांग्रेसको महाधिवेशन: सुधारको नारा, तर इतिहास दोहोरिने खतरा

नेपाली कांग्रेसको महाधिवेशन: सुधारको नारा, तर इतिहास दोहोरिने खतरा

यो महाधिवेशन फरक हुन्छ कि इतिहास दोहोरिन्छ? भन्ने विषयमा अहिले कांग्रेसको अगाडि गम्भीर चुनौती छ नयाँ दलहरूले युवाको भरोसा जित्दै छन् काग्रेसको मताधार क्रमशः खुम्चिँदै छ यदि यो महाधिवेशन पनि पुरानै अनुहार उस्तै गुटगत भागबन्डा परिवर्तनको नाममा आत्मसन्तुष्टि मै सीमित भयो भने, कांग्रेस आगामी निर्वाचनमा इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुग्ने खतरा रहेको विश्लेषकहरूको चेतावनी छ।

परिबर्तन न्युज
२९ पुष २०८२ बजे
परिबर्तन न्युज
२९ पुष २०८२

पौष २९, काठमाडौँ

नेपाली कांग्रेस फेरि एकपटक महाधिवेशनको संघारमा उभिएको छ। बाहिरबाट हेर्दा यो पार्टीभित्र लोकतान्त्रिक अभ्यासको पर्व जस्तो देखिए पनि, विगतका महाधिवेशनहरूको इतिहास पल्टाउँदा कांग्रेसको महाधिवेशन सुधारभन्दा बढी गुट व्यवस्थापन, शक्ति सन्तुलन र नेतृत्व जोगाउने औजार बनेको तथ्य लुक्न सकेको छैन।इतिहासले के भन्छ?नेपाली कांग्रेसका पछिल्ला केही महाधिवेशन हरूलाई हेर्ने हो भने, परिणाम लगभग एउटै देखिन्छ—

Advertisement:Ad

१२औँ महाधिवेशन (२०१०): गिरिजाप्रसाद कोइरालाको बलियो वर्चस्व, पार्टीभित्र सुधारको बहस कमजोर

१३औँ महाधिवेशन (२०७३): १३ वर्षपछि भएको महाधिवेशन, शेरबहादुर देउवा सभापति निर्वाचित

१४औँ महाधिवेशन (२०७८): ‘रिपिट देउवा’, परिवर्तनको नाराबीच पुरानै नेतृत्व दोहोरियो

तीनवटै महाधिवेशनपछि कांग्रेसले संगठन बलियो बनायो भन्ने प्रमाण छैन एक्लै बहुमतसहित सरकार बनाएको इतिहास छैन जनविश्वास उल्लेखनीय रूपमा बढेको तथ्याङ्क छैन अर्थात् महाधिवेशन भए, तर पार्टी उस्तै रह्यो। नेतृत्व परिवर्तनको नारा, तर परिणाम पुरानै प्रत्येक महाधिवेशनअघि कांग्रेसभित्र ‘पार्टी संकटमा छ’, ‘अब परिवर्तन चाहिन्छ’ भन्ने आवाज उठ्छ। तर मतदान सकिएपछि परिणाम सधैं उही—पुरानै अनुहार, पुरानै कार्यशैली। १४औँ महाधिवेशनमा सभापतिका लागि ५ जना उम्मेदवार थिए। तर अन्ततः विजेता उही देउवा भए, जसको नेतृत्वमा कांग्रेसले २०७४ को निर्वाचनमा पराजय बेहोर्‍यो ,२०७९ मा गठबन्धनबिना सरकार बनाउन सकेन

यो तथ्यले कांग्रेसभित्र नेतृत्व छनोट योग्यता भन्दा गुट बलियो हुने खेल भएको स्पष्ट देखाउँछ।गुटको अंकगणित, कार्यकर्ताको हार कांग्रेसको महाधिवेशनमा नीति र विचारभन्दा कुन गुट कति प्रतिनिधि ल्याउँछ ? कसले कसलाई समर्थन गर्छ ? कसलाई पद चाहियो ? यिनै प्रश्न निर्णायक बन्ने गरेका छन्। परिणामतः महाधिवेशन सकिए पछि कार्यकर्ता उही निराश, संगठन उही कमजोर र जनता उही शंकालु देखिन्छन्।यही कारण कांग्रेसका भुइँ तहका कार्यकर्ता माझ ‘महाधिवेशन भनेको माथिल्लाको कुर्सी मिलाउने मेला’ भन्ने टिप्पणी आम बन्दै गएको छ।

यो महाधिवेशन फरक हुन्छ कि इतिहास दोहोरिन्छ? भन्ने विषयमा अहिले कांग्रेसको अगाडि गम्भीर चुनौती छ नयाँ दलहरूले युवाको भरोसा जित्दै छन् काग्रेसको मताधार क्रमशः खुम्चिँदै छ यदि यो महाधिवेशन पनि पुरानै अनुहार उस्तै गुटगत भागबन्डा परिवर्तनको नाममा आत्मसन्तुष्टि मै सीमित भयो भने, कांग्रेस आगामी निर्वाचनमा इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुग्ने खतरा रहेको विश्लेषकहरूको चेतावनी छ।

निर्णायक प्रश्न अब प्रश्न स्पष्ट छ नेपाली कांग्रेसको महाधिवेशन पार्टी बचाउने अन्तिम अवसर बन्ने हो कि फेरि एकपटक इतिहास दोहोर्‍याउने औपचारिक कर्मकाण्ड मात्र?यसको उत्तर कांग्रेसका नेताहरूले होइन, महाधिवेशनको नतिजाले आफैं दिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज