माघ ४, पोखरा
वीरेन्द्र माध्यमिक विद्यालयले आगामी माघ ९ गते सरस्वती पूजाको अवसरमा धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
विद्यालयले आफ्ना विद्यार्थीहरूको सक्रिय सहभागितामा सरस्वती पूजा भव्य र सभ्य रूपमा सम्पन्न गर्नुका साथै भजन गायन कार्यक्रम समेत आयोजना गर्ने तयारी गरेको जनाएको छ।
विद्यालयका प्रिन्सिपल सन्तोष लामिछानेले पछिल्लो समय आधुनिकतासँगै मौलिक संस्कार र संस्कृतिहरू ओझेलमा पर्दै गइरहेको अवस्थामा नयाँ पुस्तालाई धर्म र संस्कृतिप्रति सचेत गराउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
“विद्याकी खानी सरस्वतीको पूजा केवल धार्मिक कर्मकाण्ड मात्र होइन, ज्ञान, संस्कार र अनुशासनसँग जोडिएको महत्वपूर्ण परम्परा हो,” भन्नुभयो, “विद्यार्थीहरूलाई आफ्नै संस्कृति बुझाउने र त्यसप्रति गर्व गर्न सिकाउने उद्देश्यले विद्यालयले यो कार्यक्रम आयोजना गर्न लागेको”बताउनुभयो।
त्यसैगरी भाइस प्रिन्सिपल रामचन्द्र अधिकारीले विद्यार्थीहरूलाई पुस्तक, पुस्तकको महत्त्व, विद्या र सरस्वती पूजाको सृजनात्मकता को महत्व बुझाउने अवसरको रूपमा सरस्वती पूजालाई विद्यालयले लिएको र त्यसै अनुरूप सरस्वती पूजाको शब्दावली सहितको भजन र पूजा लाई विधिवत गरिने बताउनुभयो।
विद्यालयमै अध्ययनरत “विद्यार्थीहरू द्वारा मौलिक स्वयं भजन गाउने, पूजा व्यवस्थापनमा सहभागी हुने र संस्कृतिसँग प्रत्यक्ष जोडिने वातावरण तयार गरिएको छ,” भाइस प्रेन्सिपल अधिकारीले बताउनुभयो “यसले उनीहरूमा अनुशासन, सामूहिकता र संस्कारको भावना विकास गर्न सहयोग पुर्याउँनेछ।” भन्नुभयो।
विद्यालयका निर्देशक रुद्र प्रसाद अधिकारीका अनुसार कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदाय को समेत सहभागिता रहनेछ भने सरस्वती पूजालाई मर्यादित, सांस्कृतिक र शैक्षिक मूल्यसँग जोडेर मनाउने तयारी गरिरहेको वताउनुभयो।
वीरेन्द्र माध्यमिक विद्यालयले गरेको यो पहलले विद्यालय शिक्षासँगै संस्कार र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया