ApplyHub ले आफूलाई केवल कन्सल्टेन्सी नभई युवा विकासको साझेदार संस्था का रूपमा उभ्याउने प्रयास गर्दै, युवाहरूको बलियो साथ

ApplyHub ले आफूलाई केवल कन्सल्टेन्सी नभई युवा विकासको साझेदार संस्था का रूपमा उभ्याउने प्रयास गर्दै, युवाहरूको बलियो साथ

परिबर्तन न्युज
६ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
६ फाल्गुन २०८२

फागुन ६,पोखरा

नेपालका युवालाई खेलकुद, इन्जिनियरिङ, व्यवसायिक सोच, नव प्रवर्तन र अन्तर्राष्ट्रिय शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले ApplyHub Educational Network ले एक महिनामै कुल रु. ४,२१,००० बराबरको विभिन्न तरिकाले गरेको जनाएको छ।

Advertisement:Ad

संस्थाले आफूलाई केवल शैक्षिक परामर्श सेवामा सीमित नराखी युवा सशक्तिकरण, सामाजिक उत्तरदायित्व र सकारात्मक सामाजिक परिवर्तन का कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। ApplyHub का अनुसार युवामा आत्मविश्वास, नेतृत्व क्षमता, टिमवर्क र सकारात्मक प्रतिस्पर्धा विकास गराउनु नै दीर्घकालीन लक्ष्य बताएको छ।

खेलकुद र विद्यार्थी कार्यक्रमहरूमा सक्रिय सहयोग ApplyHub ले पोखरा तथा सुक्लागण्डकी क्षेत्रका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक कार्यक्रमहरूमा प्रत्यक्ष सहयोग गरेको छ। Western Regional Campus (WRC), पोखरा WRC–Yoddhas,WRC–VECTOR Program,WRC–Football Team इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद र प्राविधिक कार्यक्रममार्फत अतिरिक्त गतिविधिमा जोड्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ।

P. N. Campus पोखरा माइक्रोबायोलोजी विभागका विद्यार्थी हरूको शैक्षिक भ्रमणमा सहयोग, Bhanubhakta Public Campus, सुक्लागण्डकी – दुलेगौंडा भलिबल प्रतियोगितामा सहभागिताका लागि आर्थिक तथा व्यवस्थापकीय सहयोग गरेको छ।

Janapriya Multiple Campus (JMC), पोखरा Shark Tank / Hult Prize शैलीमा व्यवसायिक आइडिया प्रस्तुति कार्यक्रमका लागि प्रेरणा र सहकार्य गरेको छ भने ApplyHub ले WRC–Yoddhas, WRC–Football Team, Janapriya Multiple Campus का कार्यक्रमहरूमा Title Sponsor को रूपमा समेत भूमिका निर्वाह गरेको छ।

ध्यान, प्रेम र सम्मान प्रवर्द्धनमा पनि सहभागितात्मक खेलकुद र शैक्षिक गतिविधिसँगै ApplyHub ले समाजमा सकारात्मक सोच र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने कार्यक्रमहरूमा पनि सहयोग गरेको छ।पोखराको पार्स्याङस्थित TAJ Mahal Event Center मा सम्पन्न OSHO Mega Camp मा ApplyHub प्रायोजकको रूपमा सहभागी भएको थियो।

ध्यान (Meditation) मार्फत प्रेम, सहिष्णुता र पारस्परिक सम्मानको सन्देश फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरू उपस्थित थिए।यसले संस्था केवल शैक्षिक र खेलकुद क्षेत्रमा मात्र नभई मानसिक स्वास्थ्य, सामाजिक एकता र मानवीय सम्बन्ध सुदृढीकरण मा समेत सक्रिय रहेको सन्देश दिएको छ।

विपन्न बालबालिकाको शिक्षामा अर्थपूर्ण सहयोग ठूला कार्यक्रम र प्रायोजनसँगै ApplyHub ले आर्थिक रूपमा कमजोर तथा विपन्न बालबालिकालाई किताब, कपी, स्टेशनरी तथा अध्ययन सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ।यस्ता सहयोगहरू प्रचारभन्दा पर रहे पनि, यसले संस्थाको शिक्षाप्रतिको संवेदनशीलता र सामाजिक जिम्मेवारी प्रस्ट देखाउँछ।

विश्वका उत्कृष्ट गन्तव्यमा विद्यार्थी पठाउने लक्ष्य ApplyHub ले विद्यार्थीलाई विश्वका प्रमुख शैक्षिक गन्तव्यमा पुर्‍याउने लक्ष्यसहित प्रत्यक्ष सहकार्य गर्दै आएको यस संस्थाको नेटवर्क रहेका देशहरू:

🇬🇧 UK, 🇦🇺 Australia, 🇨🇦 Canada,🇳🇿 New Zealand,🇺🇸 USA, 🇮🇪 Ireland लगायतका देशहरूमा सही कोर्स, सही संस्था र सही देश छनोटदेखि भिसा प्रक्रिया, कागजात तयारी, SOP मार्गदर्शन तथा प्रि–डिपार्चर अभिमुखीकरणसम्म सम्पूर्ण सेवा प्रदान गरिँदै आएको छ।

भिसा पछि विशेष सुविधा ApplyHub मार्फत आवेदन दिएका केही विद्यार्थीहरूले भिसा प्राप्तिपछि: निःशुल्क एयरपोर्ट पिकअप ,१ महिनासम्म निःशुल्क आवास ,निःशुल्क विमान टिकट ,भिसा पछि ल्यापटप,जस्ता सुविधा प्राप्त गर्ने गरेको संस्थाले जनाएको छ।

नयाँ विद्यार्थीलाई प्रत्यक्ष साथ विदेश पुगेपछि विद्यार्थीले भोग्ने प्रारम्भिक चुनौती-बसोबास, वातावरण अनुकूलन, कलेज दर्ता प्रक्रिया, पार्ट–टाइम काम सम्बन्धी मार्गदर्शन-जस्ता विषयमा पनि ApplyHub ले प्रत्यक्ष समन्वय र सहयोग गर्दै आएको छ।

नयाँ देशमा पुगेका विद्यार्थीलाई सुरक्षित अवतरणदेखि प्रारम्भिक बसोबास व्यवस्थापन र आवश्यक कागजी प्रक्रिया पुरा गर्न मार्गदर्शन दिने व्यवस्था रहेको बताइएको छ।आगामी योजना: अझ ठूला कार्यक्रम संस्थाले आगामी महिनाहरूमा ठूला खेलकुद प्रतियोगिता, युवा नेतृत्व विकास तालिम, टीम–बिल्डिङ क्याम्प तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना/सहयोग गर्ने योजना बनाएको जनाएको छ।

ApplyHub का प्रतिनिधिका अनुसार, “युवालाई अवसर, आत्मविश्वास र अन्तर्राष्ट्रिय exposure दिने हाम्रो प्रतिबद्धता आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताइएको छ

निष्कर्षको रुपमा एक महिनामै रु. ४,२१,००० लगानी गर्दै खेलकुद, शिक्षा, नवप्रवर्तन, ध्यान र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रियता देखाएको ApplyHub ले आफूलाई केवल कन्सल्टेन्सी नभई युवा विकासको साझेदार संस्था का रूपमा उभ्याउने प्रयास गरेको देखिन्छ।पोखरा केन्द्रित गतिविधिबाट सुरु भएको यो पहल आगामी दिनमा राष्ट्रिय स्तरमै प्रभाव पार्ने संकेत देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज