उम्मेदवार रश्मी आचार्य भन्नुहुन्छ -जनताको सेवक बन्न बाल्यकाल देखि नै राजनीतिमा लागे

उम्मेदवार रश्मी आचार्य भन्नुहुन्छ -जनताको सेवक बन्न बाल्यकाल देखि नै राजनीतिमा लागे

परिबर्तन न्युज
६ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
६ फाल्गुन २०८२

फागुन ६,पोखरा

फागुन २१ गतेको निर्वाचनका लागि नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले जनताले नेता खोज्ने होइन,नेताले जनता खोज्ने परिपाटीको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement:Ad

उम्मेदवार रश्मी आचार्यले आफू जनताको सेवक बन्न बाल्यकाल देखि नै राजनीतिमा लागेको बताउँदै ‘जनताका सानो साना काम पनि प्रभावकारी नीति र कानुनको अभावमा अल्मलिएका छन्  भएका योजनाका काम गुणस्तरीय हुन नसकेको भन्ने जनताको गुनासोलाइ सम्बोधन गर्ने नीति र कानुन नै आवश्यक छ ’ भन्नुभयो।

आज बुधबार पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित मतदाता भेटघाट गर्दै जितेर नियमित कार्यतालिका बनाएर स्थानिय संग त्यहाँको वस्तुस्थिति र वास्तविक समस्या पहिचान गर्दै समाधान मा महत्वपूर्ण भुमिका सहित आफु  उपस्थिति हुने बताउदै समाधान पनि स्थानीयहरुकै आवश्यकता र उहाँहरूकै अगुवाइ र सहकार्यमा गरिने विषय जनतालाई आश्वस्त पार्नु भयो।

तपाईँहरूको हात हातमा भएको ‘प्रतिबद्धता पत्र हजुरहरूकै सल्लाहबाट तयार गरेको साधारण अनुरोध गर्दै, प्रतिबद्धता पत्रमा भएका सम्पूर्ण विषयवस्तुलाई सृजनात्मक तरिकाले उठान गर्दै कार्यान्वयन गर्छु ’ भन्नुभयो। उम्मेदवार आचार्यले अब ११ वटा वडाको सन्तुलित विकासको अवधारणाबाट अघि बढाउदै बृहत् पोखरा महानगरलाई स्थानीय तहको सहकार्यमा व्यवस्थित पर्यटनको शहर बनाउने उद्घघोष गर्नुभयो ।

चुनाव नजिकिँदै गर्दा नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले मतदाता भेटघाट गर्ने कार्यक्रममा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्य प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रिय सदस्य एवम् प्रदेश सांसद भिम कार्की, अनेम संघ केन्द्रिय सल्लाहकार सिर्जना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य सहित प्रदेश, जिल्ला र स्थानिय तहका नेता कार्यकर्ताको सहभागीतामा जनताको घर घरमा भेटघाट कार्यक्रम भइरहेको वडा नम्बर १५ का जनप्रतिनिधि बलराम पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज