फागुन ७ पोखरा
नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा ले आफुहरू बृहत एकता सहित निर्वाचनमा होमिएकोले सबै जना सुक्ष्मरूपले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभय।पार्टीको नीति र कार्यदिशा मुताविक कास्की २ का जनताले प्रभावशाली बौद्धिक युवा उम्मेदवार उठाएको बताउँदै उहाले पोखराको व्यवस्थित विकास मा रश्मि आचार्यको जित अपरिहार्य भएको बताउनुभयो।
एमाले नेता थापाले एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यको मतदाता साक्षात्कार कार्यक्रमको पोखरा १६ मा शुभारम्भ गर्दै उक्त कुरा बताउनुभएको थियो। देश र जनताको सेवा तथा पार्टीको नीति निर्णयमा सधैं आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । बजारमा फैलाइएका निराधार हल्लाहरूले एमाले कमजोर नहुने पनि बताउनुभयो ।
घरदैलो कार्यक्रमको शुभारम्भमा उम्मेदवार रश्मि आचार्यले माटोको कसम खाएर आफू राजनीतीमा सेवा भावले उत्प्रेरित भएर लागेको बताउनुभयो । जनहित र विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको उहाको भनाई छ ।
‘कार्ययोजना र कार्यान्वयनको प्रष्ट खाका प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरेको छु ।’‘अब विकास र समविकास सँगसँगै एकसाथ गर्नुपर्नेछ । यस कार्यका लागि तपाईहरुको साथ र सहयोगले नै मेरो जीत सम्भव छ ।’त्यसैगरि एमाले केन्द्रिय सदस्य प्रभा कोइरालाले आम युवा र कास्कीको भरोसाको उम्मेदवार आचार्य पाउनु गौरवको विषय भएको बताउनुभयो। श्रमजीवी महिला, युवा र श्रमिकहरूका पक्षमा प्रष्ट विचार दिन सक्ने उम्मेदवार आचार्य भएको जिकिर गर्दै उहाले कास्की २ अर्को अग्रगामी छलाङको लागि तयार भएको घोषणा गर्नुभयो।
समानुपातिक उम्मेदवार दिपक पौडेलले समन्यायिक विकास र सबै क्षेत्रको सन्तुलित विकासको अवधारणा तयार पार्ने पार्टी एमाले भएको हुँदा ढुक्कसँग एमालेलाई जिताउन आग्रह गर्नुभयो एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासीले कास्की २ ले चम्किलो सूर्य झन तेजिलो बनाउने भन्दै देश र जनताका लागि काम गर्ने उर्जावान उम्मेदवार आचार्य नै जनताको रोजाईमा रहनेमा आफू विश्वस्त भएको बताउनुभयो।
प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य सहित उल्लेख्य नेता कार्यकर्ता को सहभागिता रहेको थियो । जनताको घरदैलो अभियानमा रहेका आचार्यलाई जिताउन स्थानीयहरू उत्साहका साथ लागि परेको एमाले पोखरा १६ का वडा कमिटि अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिनुभयो।






प्रतिक्रिया