फागुन ,१२ पोखरा
पोखरा महानगरपालिका वडा नं. ३ कार्यालय मा ११/१२ गते राति भएको चोरी घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ भने चोरीको सामान किन्ने भारतीय व्यापारीलाई समेत नियन्त्रणमा लिइएको छ।
नदिपुर प्रहरी बिट ले पक्राउ गरी बगर प्रहरी लाई बुझाएको व्यक्ति वर्ष २५ का प्रदिप थापा रहेको प्रहरीले जनाएको छ। उनले आफ्नो घर पाल्पा भएको बताएका छन्।
प्रहरीका अनुसार, थापाबाट करिब ३ केजी तामाको तार बरामद गरिएको छ। सोही तार भारतीय भाँडा व्यापारी हरिसचन्द सिंहले करिब ३ हजार रुपैयाँमा किनेको खुलेको छ। चोरीको सामान खरिद–बिक्रीमा संलग्न भएको आरोपमा सिंहलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ।
वडा नं. ३ का वडाध्यक्षका अनुसार, जेन्जी आन्दोलनताका वडा कार्यालयमा तोडफोड भएपछि उचित सुरक्षा र छेकबारको व्यवस्था नहुँदा पटक–पटक चोरीका घटना दोहोरिँदै आएका थिए। सो अवधिमा करिब ५/७ लाख रुपैयाँ बराबरको सामान चोरी भएको प्रारम्भिक अनुमान छ।
स्थानीय सरकारकै कार्यालयमा श्रृंखलाबद्ध चोरी हुनु गम्भीर विषय भएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्थामा कमजोरीबारे प्रश्न उठाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







प्रतिक्रिया