Top Header Ad 1
Top Header Ad 2

पर्यटकीय सहर पोखरा ११ को काँहु डाडाँलाई पोखराको गन्तव्य बनाउछौं- रश्मि आचार्य 

पर्यटकीय सहर पोखरा ११ को काँहु डाडाँलाई पोखराको गन्तव्य बनाउछौं- रश्मि आचार्य 

फागुन २१ गते हुन लागेको आम निर्वाचनको पृष्ठभूमिमा घरदैलो कार्यक्रम गर्दै हिँडिरहनु भएका आफ्ना नेता कार्यकर्ता एवं शुभचिन्तक हरुसँग कुराकानी गर्दै रश्मी आचार्यले पटकीय सहर पोखरा ११ को काँहु डाडाँलाई पोखराको गन्तव्य बनाउछौं यसको लागि महत्त्वपूर्ण भूमिका खेल्छौ ढुक्क हुनुस् भन्नुभयो।

परिबर्तन न्युज
१२ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
१२ फाल्गुन २०८२

फागुन ११,पोखरा

फागुन २१ गते हुन लागेको आम निर्वाचनको पृष्ठभूमिमा घरदैलो कार्यक्रम गर्दै हिँडिरहनु भएका आफ्ना नेता कार्यकर्ता एवं शुभचिन्तक हरुसँग कुराकानी गर्दै रश्मी आचार्यले पर्यटकीय  सहर पोखरा ११ को काँहु डाडाँलाई पोखराको गन्तव्य बनाउछौं यसको लागि महत्त्वपूर्ण भूमिका खेल्छौ ढुक्क हुनुस् भन्नुभयो।

नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्न र कास्कीमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण थापाको नेतृत्वमा चुनावी अभियानमा रहेको उल्लेख गर्दै उहाले आफ्नो पार्टीका नेता कार्यकर्ता र कास्की दुई बासिको भरपर्दो र रहर लाग्दो अग्रज हरुको साथले आफ्नो बिजय सुनिस्चित भैसकेको बताउनुभयो।

कास्की क्षेत्र नं. २ एमालेको गढ हो हिजो पनि बलियो थियो आज पनि त्यत्तिकै छ। यहाँ गर्न खोजिएका काम हरु सकेसम्म गरेको इमान्दारिताका साथ सबै जनताले देख्नुभएको नै छ त्यसैले यो क्षेत्र एमाले कमजोर भएको भन्ने निराधार हल्लालाई भेटघाटको क्रममा क्षेत्रबासिको असिम माया र प्रेरणाले असत्य साबित गरिसकेको ले नेकपा एमालेको बिजय यात्रा नजिक हुँदै गएको बताउनुभयो ।

एमाले एकजुट भएर चुनावी मैदानमा छ । कसैले अनावश्यक अभाव नपत्याउने हल्ला फैलाउदैमा एमाले कमजोर बन्दैन, भारी मतका साथ जित्नेमा ढुक्क छु । युवा पुस्ताको भावना समेट्दै सम्बृदिको बाटोमा एमाले लम्केको एमालेको विजय यात्रा कसैले रोकेर रोकिने छैन भन्नुभयो। आफ्नो स्पस्ट योजना र समृद्धिको खाका लिएर जनता समक्ष पुगेका उम्मेदवार आचार्यले सोमबार पोखरा महानगर पालिका वडा न ११ मा घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ।

पर्यटकीय सहर पोखरा त्यो पनि कास्कीको मुटुमा रहेको क्षेत्र न २ को मध्यभागमा रहेको सुन्दर पर्यटनको केन्द्रको रूपमा बिकसित हुदै गरेको काहुँडाडा अब उत्तरतिरको भाग र दक्षिणतिरको भागलाई जोड्ने पर्वतीय लिङ्ग हिल सहित यहाँको आन्तरिक साँस्कृतिक र धार्मिक पर्यटनको बिकास ,बिस्तार र प्रचारमा काहुँ सहित पोखरा वडा नं. ११ क्षेत्र विशेष बन्न सक्ने भन्दै आचार्यले बिकासको गति प्रभाबकारी र परिणाममुखी बनाउन आफ्नो पार्टी एमाले हिजोदेखि नै लागिरहेको र ती योजनाहरूलाई सफल बनाउन विजय पश्चात आफू पनि दृढ विश्वासका साथ लाग्ने आफ्ना कार्यकर्ता एवं सुभेक्षुकहरूको  भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज