Top Header Ad 1

तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन:व्यवसायी घिमिरे

तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन:व्यवसायी घिमिरे

परिबर्तन न्युज
११ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
११ जेष्ठ २०८३

फागुन १९, काठमाडौं

पेट्रोलियम पदार्थको तत्काल अभाव नहुने पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले बताउनुभयो।

Advertisement:Ad
Advertisement:Ad

आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ बिषयक कार्यक्रममा पेट्रोलियम पदार्थको अभाव नहुने प्रष्ट पार्नु भएको हो।

नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ। यसर्थ विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ भन्दै यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन भन्नुभयो।

द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति श्रृंखलामा पनि समस्या पैदा गर्ने भएपनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने बताउनुभयो। केही दिन अगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको हुनसक्छ तर त्यस्तो अवस्थामा आयल नियम नभएको बताउनुभयो ।

तुलनात्मक हिसाबले ग्यास आपूर्ति श्रृंखला अलि फरक किसिमको छ। हाम्रोमा ग्यासको बुलेट भारतको मात्रै प्रयोग हुने गर्दछ भने यसको ढुवानीकर्ता भारत मात्रै भएको कारण बुलेटको अभाव हुनु र भारतीय आयातकर्ताले पनि सुरक्षित र बढी नाफा खोज्दै भारतमानै बढी ढुवानी गरिदिने हुनाले नेपालमा समस्या आउने गरेको व्यवसायी घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज