जेठ १० , पोखरा
पोखरा महानगरपालिका वार्ड न.१९ लामाचौरमा रहेको श्री अकला देवी मन्दिर धार्मिक क्षेत्र विकास समिति को पाँचौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत समिति निर्माण भएको छ।
पाँचौं वार्षिक साधारणसभा तथा अधिवेशन सँगै स्मारिका विमोचन कार्यक्रम को उद्घघाटन गर्दै पोखरा महानगरपालिका वार्ड न. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस किसिमका धार्मिक क्षेत्रहरूमा कोही कसैले पनि राजनीति नगरी स्वच्छ सफा र पवित्र मनले यहाँ भइरहे को विकासलाई अझै अगाडि कसरी बढाउन सकिन्छ कसरी विकास को मार्ग प्रशस्त गर्न सकिन्छ त्यसको बारेमा सोच्न सक्ने चुस्त दुरुस्त क्षमता भएको र फुर्सतीलो केही गरौँ भन्ने आँट भएको व्यक्तित्वहरू यस समितिमा आएर मन्दिरमा भइरहेको विकासलाइ अझै अगाडि बढाउने मार्ग प्रशस्त गर्न सक्ने क्षमता भएको समिति बन्ने छ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो।
त्यस्तैगरी कार्यक्रमका अतिथि पूर्व वडाध्यक्ष शोभा मोहन पौडेलले धार्मिक क्षेत्रहरूमा भइरहेका राम्रा कार्यहरूको निरन्तरता र त्यसको निम्ति हरेकले सहयोग गरिरहेको र आगामी दिनमा पनि सबैले त्यसैगरी सहयोग गरेर अगाडि बढ्न सक्ने गरि हातेमालो गरेर अगाडि बढ्न सक्ने सहयोगी फुर्सदिलो र काम गर्न सक्ने क्षमतावान व्यक्तिहरूको समिति बन्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको पहिलो सत्र विकास समितिका अध्यक्ष बाबुराम गौतमको सभापतित्वमा भएको सो कार्यक्रम आफ्नो मन्तव्य राख्दै आजका दिनहरूसम्म आफूले थुप्रै राम्रा कामहरु गर्दै अगाडि बढिरहेको र अब बन्द सेसन पछि बन्ने समितिले पनि धेरै खटेनेछ अझै राम्रो काम गर्नेछ समय दिनेछ भन्ने भाव व्यक्त गर्दै दोस्रो सेसनमा प्रवेश गरेको जानकारी गराउँदै सकेसम्म सर्वसम्मत समिति निर्णय हुनुपर्छ भन्दै पूर्व हुनै लाग्नुभएका अध्यक्ष बाबुराम गौतमले आफूले भनेजस्तै सर्वसम्मत समिति बन्नुपर्नेमा विशेष जोड दिनुभएको थियो।
सर्वसम्मत रूपमा चयन गरिएको समितिको अध्यक्षमा ऋषिराम गौतम चयन हुनुभएको छ भने प्रथम उपाध्यक्षमा सविन जि सी, द्वितीय उपाध्यक्षमा खिमलाल गौतम चयन हुनुभएको छ त्यस्तैगरी तृतीय उपाध्यक्ष पद हाललाई रिक्त राखिएको जनाइएको छ।
सचिवमा हरिबहादुर बरुवाल, कोषाध्यक्षमा भवानी प्रसाद गौतम, सहसचिवमा मनमाया परियार तथा सहकोषाध्यक्षमा कोमलप्रसाद काफ्ले सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा क्रमशः बिन्दु गौतम, हरिप्रसाद पौडेल, रामप्रसाद श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, कमला कार्की , टंकनाथ आचार्य चयन हुनुभएको छ भने एकजना सदस्य वडा जन प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
निर्वाचन कमिटीमा प्रमुख अतिथि पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, अतिथि पूर्व वडाध्यक्ष शोभामोहन पौडेल र बाबुराम गौतमको कमिटीले नवनिर्वाचित कार्यसमितिलाई धार्मिक परम्परा अनुसार आजै शपथ खुवाएको थियो । धार्मिक क्षेत्रको संरक्षण, विकास तथा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै अकला मन्दिर क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने जिम्मेवारी रहेको जानकारी दिनु भएको थियो भने स्थानीयवासीहरूले पनि यस्तै कुरा बताउनुभएको छ ।








प्रतिक्रिया