असोज १०, पोखरा
भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराको २१औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनले हरिबहादुर बरुवाललाई पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।
बरुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य प्रमुख आमन्त्रित व्यक्तित्व रहनुभएको थियो। पूर्व गण्डकी प्रदेश मन्त्री कुमार खड्का तथा शिक्षाविद् एवं समाजसेवी नरहरी भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै निवर्तमान अध्यक्ष सुभाषबाबु अधिकारी, भुतपूर्व अध्यक्ष रामबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सन्दीप थापा, समाजसेवी चित्र थापा, बेनीबहादुर बस्नेत,गणेश थापा र पूर्णचन्द्र नेपालीलगायतको उपस्थिति रहेको थियो।
संस्थाका सचिव भीम गायकले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सञ्जयबहादुर बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष बरुवालले संस्थाको गतिविधि, उपलब्धि तथा भावी योजनासहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गर्नुभएका प्रधानाध्यापक आचार्यले विन्ध्यवासिनी माध्यमिक विद्यालय आफैंमा इतिहास बोकेको नेपालको नम्बर वान स्कुल भएको र यस विद्यालयले देशलाई आवश्यक पर्ने इन्जिनियर, डाक्टर, कर्मचारी, मन्त्री, सांसद तथा प्रदेश प्रमुखजस्ता दक्ष जनशक्ति दिएको उल्लेख गर्दै विद्यालय र भूतपूर्व विद्यार्थी मञ्चबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।
सम्मानित व्यक्तित्व पूर्णचन्द्र नेपालीले आफ्नो जीवनसंघर्ष र सांगीतिक यात्राका अनुभव सुनाउँदै कालजयी गीत प्रस्तुत गर्नुभएको थियो। स्थानीय संघसंस्थाको तर्फबाट दुर्गादेवी बस्नेतले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
दोस्रो सत्रमा निर्वाचन समिति संयोजक नरनाथ भट्टराई तथा सदस्यहरू दयाशंकर अधिकारी र कुलबहादुर खत्रीको संयोजनमा अधिवेशन सम्पन्न भएको थियो। प्रस्तुत कार्यपत्र सर्वसम्मत रूपमा पारित गरिएको थियो।
नयाँ कार्यसमितिको अध्यक्षमा हरिबहादुर बरुवाल, उपाध्यक्षमा सञ्जय थापा, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा रिता तिमिल्सिना तथा सदस्यहरूमा सिर्जना थापा, मिनुका भुजेल, महेन्द्र बानियाँ, शकुन्तला केसी, एकराज नेपाली, कृष्ण थापा र सूर्य गायक सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य दयाशंकर अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउँदै जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।







प्रतिक्रिया