Top Header Ad 1

भोटेकोशी बाढीपीडितका लागि भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ द्वारा २ लाख ५ सय ५५ रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ द्वारा २ लाख ५ सय ५५ रुपैयाँ सहयोग

परिबर्तन न्युज
२४ भाद्र २०८३ बजे
परिबर्तन न्युज
२४ भाद्र २०८३

भाद्र २४, पोखरा

भोटेकोशीबाट आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति ऐक्यबद्धता जनाउँदै भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखरा–१६ बाटुलेचौरले राहत कोषमा आर्थिक सहयोग गरेको छ।

मञ्चले नेपाल बैंक लिमिटेडमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ सय ५५ रुपैयाँ जम्मा गरेको जनाएको छ। प्राप्त भौचरअनुसार उक्त रकम २०८३ भदौ २० गते नै कोषको खातामा जम्मा गरिएको हो।

Advertisement:Ad

यसैबीच, मञ्चले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्न दीप प्रज्वलन तथा सामूहिक श्रद्धाञ्ली  कार्यक्रम आयोजना सामूहिक दीप प्रज्वलन कार्यक्रम गर्ने सार्वजनिक सूचनाअनुसार कार्यक्रम भदौ २२ गते साँझ ६ बजे पोखरा–१६ बाटुलेचौरस्थित खेलमैदानमा सम्पन्न गरेको थियो ।

मञ्चले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, पीडित परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माण अभियानमा सबैलाई हातेमालो गर्न आग्रह समेत गरेको छ।

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले विपद्को यस कठिन घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राहत कोषमा योगदान गर्नुका साथै सामूहिक श्रद्धाञ्जली कार्यक्रममार्फत पीडितप्रति ऐक्यबद्धता जनाएको मञ्चका अध्यक्ष हरि बहादुर बरुवालले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै